धर्म निरपेक्षताको माग गर्दै कञ्चनपुरका दलित समुदाय आन्दोलित

कञ्चनपुर, साउन ३१,विभेद विरुद्ध अभियान –धर्म निरपेक्षता र अब बन्ने संबिधानमा आफ्ना हक अधिकार सुनिश्चित हुनुपर्ने माग सहित कञ्चनपुरको दक्षिणि क्षेत्रका दलित अगुवा कार्यकर्ताहरुले बिशाल र्याली सहीत संबिधानको मस्यौदा जलाउदै इलाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
संबिधानमा दलित अधिकार सुनिश्चित गर, दलित एकता जिन्दाबाद, धर्म निरपेक्ष राष्ट्र घोषणा गर, जातीय छुवाछुत अन्त्य गर जस्ता प्ले कार्ड र ब्यानर सहित पुनर्वावास नगरपालिकाको त्रिभुवनबस्ती बजार परिक्रमा गरी गरिएको उक्त कार्यक्रम नेकपा एमाले निकट मुक्ति समाज र नेपाल दलित भुमिहिन किसान संघको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा संबिधान निर्माण प्रक्रियामा दलित समुदायको लागी पहिलो संबिधान सभामा भएका र दोस्रो संबिधानसभाले स्वामित्व ग्रहण गरीसकेका लगायत दलित समुदायका मुद्घाहरु संबिधानको प्रारम्भिक मस्यौदामा कटौती भएर आएको मा आपत्ति जनाउदै यसका लागी देश भरीका सम्पुर्ण दलित समुदाय हरु एकजुट भएर आधीबेहरी श्रृजना गर्नु पर्ने कार्यक्रमका अधिकांश बक्ता हरुको भनाई रहेको थियो ।
कार्यक्रममा नेपाली काँगे्रसका मदन बि क, एकिकृत माओबादीका दिपक बि सी, नेकपा माओबादीका बल बहादुर सुनार , नेकपा एमालेका बीरबल बि क दलित अगुवा जंग बहादुर सुनार लगायतले आफ्नो मन्तब्य राखेका थिए ।

No comments:

Post a Comment