१०२ वर्षकी वृद्धालाई जबर्जस्ती करणी गर्नेलाइ १० वर्ष कैद

काठमाडौँ, ५ भदौ, विभेद विरुद्ध अभियान  । सर्वोच्च अदालतले १०२ वर्षकी वृद्धालाई जबर्जस्ती करणी गरेको आरोप लागेका कुमार कामी भन्ने कुम्भबहादुर सुनारलाई १० वर्ष कैद गर्ने फैसलालाई सदर गरेको छ ।
धादिङ जिल्ला अदालतले १० वर्ष कैद गरी पीडितलाई रु ५० हजार भराउने गरी भएको फैसलालाई पुनरावेदन अदालत, पाटनले सदर गरेपछि सर्वोच्च अदालत सुनार पुगेका थिए ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले बिहीबार सुनारले १०२ वर्र्षकी वृद्धालाई जबर्जस्ती करणी गरेकै ठहर गरी १० वर्ष कैद गरी रु ५० हजार जरिवाना गर्ने फैसला गरेको हो ।
विसं २०६६ वैशाख २४ गते राति १२ बजे धादिङ जिल्ला बैरेनी गाविस बेल्खु बस्ने १०२ वर्षकी वृद्धाले सोही ठाउँ बस्ने रामबहादुर दमाईं र कुम्भबहादुरले आपूmलाई जबर्जस्ती करणी गरेको भन्ने आरोप लगाई प्रहरीमा जाहेरी दरखास्त दिनुभएको थियो ।
उनीहरुले ती वृद्धालाई करणी गरेको भन्ने विभिन्न प्रमाणका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय धादिङले सोही जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरेपछि सो मुद्दा सर्वोच्च अदालतसमक्ष आइपुगेको हो ।
सोही विषयलाई आरोपितमध्ये सुनार मात्र सर्वोच्च अदालतमा आएका हुन् । अर्का आरोपित रामबहादुर पुनरावेदन अदालतकै फैसलामा चित्त बुझाई सर्वोच्च आएका थिएनन् ।
जबर्जस्ती करणी गरेको राति आरोपित कुम्भबहादुर र रामबहादुरले रक्सी सेवन गरी घर जाने क्रममा वृद्धा बसेको गोठमा गएका थिए । भोलिपल्ट ती वृद्धाले आपूmलाई ती दुईले जबर्जस्ती गरेको भनी गाउँलेलाई बताएकी थिइन् ।
आरोपित दुबैजना कारागार कार्यालय, धादिङमा थुनामा रहेका छन् । उनीहरु अब अदालतको फैसला बमोजिम १० वर्ष कैदमा बस्नुपर्ने भएको छ ।

No comments:

Post a Comment