दलित अधिकारकर्मीद्वारा प्रहरीविरुद्ध मानवअधिकार आयोगमा उजुरी

ललितपुर ,२८ साउन, विभेद विरुद अभियान  ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेर घाइते बनाएको र दलित अधिकारकर्मी कमला हेमचुरीलाई पुरुष प्रहरीले कुटपिट गरेको भन्दै घटनाको छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगमा दलित अधिकारकर्मीले उजुरी गरेका छन् ।
दलित अधिकारकर्मीले साउन १९ गते गरेको प्रदर्शनमा प्रहरीले गरेको धरपकडको छानबिन गरी सरकारलाई कारबाहीको सिफारिस गर्न माग गर्दै साउन २७ गते आयोग पुगेका दलित अधिकारकर्मीहरूले आयोगमा उजुरी दिएका हुन् ।
संविधानमा दलित समुदायको अधिकारलाई सुनिश्चित गराउन आयोजित दवाव आन्दोलनमा प्रहरीले लाठीचार्ज गर्दा पूर्व सभासद् बिनोद पहाडीदलित अधिकारकर्मी गणेश विकेकमला हेमचुरीलगायत २६ जना घाइते भएको आन्दोलनका अगुवा गणेश विकेले इन्सेक प्रतिनिधिलाई जानकारी दिए ।
प्रहरीले दलित अधिकारकर्मीमाथि लाठीचार्ज गरी निर्मम कुटपिट गरेको भिडियोसहित दलित समुदायको मानवअधिकार संरक्षण गर्न आयोगमा उजुरी दिइएको पनि विकेले बताए ।
मानवअधिकार आयोगकी अधिकृत गीता श्रेष्ठले आयोगले आवश्यक अनुसन्धान र अध्ययन गरेपछि सरकारलाई सिफारिस गर्ने बताइन् ।

No comments:

Post a Comment