शंकर विकलाई जजमानको घरमा कर्मकाण्ड गर्न भ्याइनभ्याइ

रौतहट, २ भदौ, विभेद विरुद्ध अभियान । बुधबार नागपञ्चमी । दलित पण्डित शंकर विकलाई नागका फोटा टाँस्न भ्याइनभ्याइ छ । उनले रौटहटको चन्द्रपुर नगर क्षेत्रका आफ्ना करिब दुई सय जजमानका घरमा नागको प्रतिमा टाँसे । रौटहटको चन्द्रपुर नगरपालिका–१ का पण्डित विकलाई नारायणगढदेखि बर्दिवाससम्मबाट कर्मकाण्ड गर्नका लागि निम्ता आउने गरेको छ । दलितकहाँ ब्राह्मण पण्डितहरु नजाने भएकाले शंकर विकलाई आफ्ना जजमानको घरमा कर्मकाण्ड गर्न भ्याइनभ्याइ भएको हो । 
सो क्षेत्रका उनी एक मात्र दलित पण्डित हुन् । उनले चन्द्रनिगाहापुरका ब्राह्मण पण्डित रामप्रसाद काफ्लेसँग कर्मकाण्डसम्बन्धी पाठ सिकेका हुन् । विकले ०५८ सालदेखि पण्डित्याइँलाई पेसा बनाए । आफ्ना अधिकांश जजमानहरु विश्वकर्मा नै रहेको उनले बताए । उनी भन्छन्,‘पहिला–पहिला कर्मकाण्डका विषयमा कुनै जानकारी नभए पनि विश्वकर्माहरुले ज्वाइँचेलाबाट आफ्नो कर्मकाण्ड चलाउँदै आएका थिए, तर अचेल मैले गर्ने गरेको छु ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 

No comments:

Post a Comment