दलित अधिकार मंचले चितवन केन्द्रित आन्दोलन गर्ने


चितवन,भाद्र ९ ,विभेद बिरुद्ध अभियान । 

संयुक्त दलित अधिकार मञ्च नेपालले आफ्नो आन्दोलनका कार्यक्रमलाई चितवन केन्द्रित गरेको छ ।
आज भरतपुरमा पत्रकार सम्मेलनगरि मंचले चितवनमा बन्द लगायतका कार्यक्रम सार्वजनिक गरेको हो । मंचले आन्दोलनका कार्यक्रम अन्तरगत भोली दिउँसो नारायणगढको लायन्सचोकबाट वृहत मोटरसाईकल र्याली निकालिने मंचका केन्द्रीय सचिवालयका अध्यक्ष मण्डलका सदस्य तारा सिंहले जानकारी दिनुभयो । सो र्याली पूर्वी चितवनको पर्सा पुगी पुनः नारायणगढमा आई समापन गरिने उहाँले जानकारी दिनुभयो ।
यस्तै मंचले भदौं १० गते विहीबार चितवन बन्दहको आह्वान गरिएको मंचका जिल्ला अध्यक्ष देवीराम पौडेल विश्वकर्माले जानकारी दिनुभयो । उहाँले सो बन्द शान्तिपूर्ण रुपमा गरिने बताउनुभयो । बन्दमा मोटरसाईकल भने निर्वाध रुपमा संचालन गर्न दिईने मंचले जनाएको छ ।
आन्दोलनका कार्यक्रम अन्तरगत भदां १२ गते ऐक्यवद्धता र्याली गरिने छ भने भदौं १३ गतेदेखि देशको परिस्थिति अनुरुप केन्द्रित तथा विकेन्द्रित कार्यक्रम गरिने मंचका जिल्ला कोषाध्यक्ष विपिन रामुदामुले जानकारी दिनुभयो । दलितहरुको आन्दोलनमा नेपाल आदिवासी जनजाति महासंघ चितवनले पनि समर्थन गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला सचिव घननाथ महतोले दलित समुदाय पनि सदियौंदेखि पछाडी पारिदै आएकोले अधिकारका लागि आन्दोलनमा साथ दिने बताउनुभयो ।

No comments:

Post a Comment