दलित अधिकारको माग गर्दै कैलालीमा आन्दोलनका कार्यक्रम सार्वजनिक

टीकापुर साउन २३,विभेद विरुद्ध अभियान । अब बन्ने संविधानमा आफना हक अधिकार सुनिश्चिता गराउन सरकारको ध्यान आकर्षण गराउने उद्देश्यले आज टीकापुरमा दिप प्रज्वलन गरिएको छ । 

टीकापुरको खडक चौकमा पांच सय ६० सभासदको आंखा खोल्ने उद्देश्यले आंखाको चित्र बनाई दिप प्रज्वलन गरिएको हो । सरकारको तर्फबाट दलित सभासद र दलित अधिकार कर्मीमाथि गत साउन १९ गते काठमाण्डौंमा भएको दमन विरुद्ध कैलालीको टीकापुरका दलित समुदाय हिजोदेखि आन्दोलनमा छन् ।आन्दोलनको पहिलो दिन हिजो कैलालीको टीकापुरमा पनि विरोध ¥याली प्रदर्शन भएको छ । बाजागाजा सहित निस्किएको ¥याली नेपाल दलित जनउत्थान समाज टीकापुरको भवनबाट शुरु भई टीकापुरका विभिन्न भागको परिक्रमा गर्दै खडक चोकमा आई कोण सभामा परिणत भएको थियो । 
कोण सभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दानबहादुर विकले दलित समुदायले हक अधिकार खोज्दा सरकारले लाठी चार्ज गर्न खोज्छ भने त्यसका विरुद्ध सम्पुर्ण दलित समुदाय एक भएर उभिनुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाल दलित समाज केन्द्रका रामबहादुर विकले दलित समुदाय सिप र कलाले भरिएको समुदाय भएको बताउंदै दलित समुदायले आफूले बनाएका सामग्री प्रयोग गर्न पनि जानेको भन्दै आक्रोश पोख्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका देवेन्द्रसिंह नेपाली, एमालेका धुब्र परियार, एकिकृत माओवादकिा नन्दराम बिक, उमादेवी बादी, ललिता सुनार, तुला शाहु, मोहन विक, टेकबहादुर सार्की, सितल आउजी, जवालसिंह तिरुवा, रमेश विक, हरी सुनार लगायतले बोल्नु भएको थियो । कार्यक्रममा तुला साहु, मोहन बिक, लोकेश विक लगायतले बोल्नुभएको थियो । कैलाश नगार्जीले संचालन गर्नुभएको कार्यक्रम सचिन विकको अध्यक्षतामा भएको थियो ।
आन्दोलनको दोस्रो दिन आज आयोजित कार्यक्रममा प्रेम बिसी, प्रेम बिक, जवालसिंह तिरुवा, धुब्र परियार, झत्तबहादुर बिक र रणबहादुर बिक लगायतले बोलनुभएको थियो ।कार्यक्रममा संघर्षका कार्यक्रम सार्वजनिक गरिएका छन् । संघर्षका कार्यक्रम अन्र्तगत २४ गते स्थानीय राजनीतिक दलसंग अन्र्तक्रिया, २५ गते इलाका प्रशासन कार्यालय टीकापुरमा माग सहितको ज्ञापनपत्र, २६ गते सिट्टी जुलुस सहित २ घण्टा चक्काजाम गर्ने निर्णय भएको छ ।  
दाङमा पनि एक घण्टा चक्काजाम
त्यस्तै गरि संयुक्त राजनितीक दलित संघर्ष समिति दाङले जिल्लामा एक घण्टा गरेको चक्काजामको आशिंक प्रभाब परेको छ । संविधान निर्माणका क्रममा दलितका अधिकार कटौती गरेको भन्दै संयुक्त राजनितीक दलित संघर्ष समिति दाङले जिल्लामा एक घण्टा चक्काजाम गरेको हो ।समितीले साउन २१ गते जनप्रदर्शन गर्ने भएको छ । दलितको लागि पहिलो संविधानसभामा सहमति भएका र दोस्रो संविधानसभाले स्वामित्व ग्रहण गरिसकेका अधिकार राजनैतिक दल र सरकार समक्ष प्रस्तुत गरेका मुद्धाहरु कटौति गरेको भन्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन ।
संविधानको प्रारम्भिक मस्यौदामा देशव्यापी रुपमा सुझाब सङ्कलनका क्रममा दलित समुदायले दिएका सुझाबहरुको पनि सुनुवाई नभएको समितिले वताएको छ । साउन २१ गते घोराहीमा आयोजना गरिने जनप्रदर्शनमा जिल्लाभरका दलितहरु सहभागी भएका छन्  ।
दलित समुदायका अधिकार कटौति गरी दलित मुक्ती आन्दोलप्रति गम्भिर षड्यन्त्र भएको ठहर गर्दै चक्काजाम तथा अन्य सर्घषका कार्यक्रम सार्वजनिक गरेको समितिले जनाएको छ ।
यसैबीच संबिधानमा दलितको अधिकार सुनिश्चीत गर्न दवादिने उदेश्यले राजधानीमा गरिएको प्रर्दशनमा दलीत अधिकारकर्मीहरुमाथि प्रहरीले गरेका हस्तक्षेपको दलित अधिकारकर्मी निर्मल नेपालीले भत्र्सना गर्नुभएको छ । अन्तरीम संबिधानमा सुनिश्चीत गरिएको अधिकारलाई समेत कटौती गर्ने गरि भाबि संबिधानमा दलीतलाई थप पछाडी पार्ने संकेत देखिएको भन्दै गरिएकोे शान्तिपुर्ण आन्दोलनमा प्रहरीले गरेको हस्तक्षेपले दलीत समुदायलाई अझ गम्भीर बनाएको अधिकारकर्मी नेपालीद्धारा जारि बिज्ञप्तीमा भनिएको छ । साथै घाईतेहरुको उपचार र दलितले माग गर्दै आएका बिषयलाई भाबि संबिधानमा लिपीबद्ध गर्न समेत बिज्ञप्ती मार्फत माग गर्नुभएको छ ।

No comments:

Post a Comment