अधिकार सुनिस्चिताको लागि खवरदारी गर्दा कारवाही गरिनु खेदजनक

काठमाडौ ,साउन २४, विभेद विरुद्ध अभियान ।
गत २०७२ श्रावण १९ गते मंगलबार बिहान दलित प्रदर्शनकारी माथि बिजुली बजारमा प्रहरीले गरेको दमन शान्तिपूर्ण रुपमा भेला भई विरोध जनाउन पाउने नागरिकको संविधानप्रदत्त हक विपरित छ। ‘दलित’ समुदायहरुले बन्न लागेको नयाँ संविधानमा आफ्ना हक, अधिकारहरु सुनिश्चित गराउन खबरदारी जनाउनु सर्वथा उचित हुँदाहुँदै राज्यको तर्फबाट उनीहरुमाथि कारवाही गरिनु खेदजनक छ। 
उक्त दमनको छानविन गरी दोषी भेटिएकालाई दण्डित गरी अब उप्रान्त यस्तो दमन हुन नदिन गृह मन्त्रालयलाई सचेत गराउँछौं। साथै, आफ्नो अधिकार प्राप्ति र रक्षाका लागि दलित समुदायले अघि बढाउने शान्तिपूर्ण आन्दोलनमा विवेकशील नेपाली आफ्नो ऐकवद्धता जनाउँदछ।

नेपाल र समतामूलक नेपाली समाजको जय होस् !

धन्यवाद 

उज्वल थापा 

अध्यक्ष 
विवकेशील नेपाली दल

No comments:

Post a Comment