कास्कीका दलितहरुलाई अधिकार प्राप्तीको लडाईमा सहभागि हुन आह्वान

पोखरा , २४ साउन ।विभेद विरुद्ध अभियान । संविधानको मस्यौदामा दलितका अधिकार कटौती भएको विरोधमा कास्कीका दलितहरुले आन्दोलन चर्काउने भएका छन् । आइतबार पोखरामा भएको दलितहरुको बृहत भेलाले दोश्रो चरणको आन्दोलन अन्तर्गत विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
आन्दोलनलाई अघि बढाउन विभिन्न राजनीतिक दल निकट भातृ संघसंगठन, जातिय समाज एवं गैरसरकारी संस्थाका प्रतिनिधि सम्मिलित भेलाले संयुक्त दलित संघर्ष समिति, कास्कीको समेत गठन गरेको छ । धनबहादुर नेपालीको संयोजकत्वमा गठित समिति एक हजार एक सदस्यीय रहको छ ।यसअघि संयुक्त दलित संघर्ष समिति, नेपालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलनबाट आफुहरुका मागप्रति वेवास्ता गरिएको भन्दै दोश्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको थियो ।
दोश्रो चरणको आन्दोलन अन्तर्गत कास्कीका दलितहरुले सोमबार बृहत ¥याली सहित प्रमुख जिल्ला अधिकारी समक्ष नौबुँदे ज्ञापन पत्र बुझाउने भएका छन् । सोमबार विहान ११ बजे पृथ्वीचोकबाट झाँकि सहितको ¥याली सुरु भई सृजनाचोक, रत्नचोक हुँदै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइने संयोजक धनबहादुर नेपालीले जानकारी दिनुभयो । मंगलबार सिटी जुलुस सहित विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा चक्काजाम गर्ने कार्यक्रम रहेको छ ।
सदियौंदेखि उत्पीडनमा पारिएको दलित समुदायले संघ, प्रदेश र स्थानीय तहका व्यवस्थापिकामा दलित समुदायको समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरी क्षतिपुर्तिस्वरुप संघमा तीन प्रतिशत, प्रदेशमा पाँच र स्थानीय निकायमा १० प्रतिशत थप प्रतिनिधित्वको संवैधानिक व्यवस्था गर्नुपर्ने, दलित–दलितबीच प्रतिस्प्रधा गर्ने छुट्टै निर्वाचत क्षेत्र सुरक्षित गरिनुपर्ने लगायत नौबुँदे माग राख्दै आएको छ ।
दलित अगुवाहरुले कास्कीका दलितहरुलाई अधिकार प्राप्तीको लडाईमा सहभागि हुन आह्वान गरेका छन् । दुई दिने संघर्षको कार्यक्रममा आ–आफ्नो स्थानबाट स्वतस्फुर्त रुपमा आन्दोलनमा सहभागि हुन नेताहरुले आग्रह गरे ।
समिति अन्तर्गत १०१ सदस्यीय संघर्ष परिचालन समिति र ९ सदस्यीय स्टेयरिङ कमिटी रहेका छन् । स्टेयरिङ कमिटीमा धनबहादुर नेपाली, भिमबहादुर वि.क ‘क्षितिज’, रिम बस्याल, पशुराम बि. पोखरेल, हरिबहादुर परियार, दामबहादुर वि.क, शम्भु खाती, मनमाया नेपाली र मनबुजा वि.क रहनुभएको छ ।
आन्दोलनलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । दुर्गाबहादुर सुनारको संयोजकत्वमा आर्थिक उपसमिति, शम्भ खाती परियारको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, नन्दकला नेपालीको संयोजकत्वमा महिला परिचालन उपसमिति, सन्तोष सोनामको संयोजकत्वमा युवा परिचालन उपसमिति गठन गरिएको छ ।

युवा परिचालन उपसमितिको सदस्यहरुमा रुद्रबहादुर विक, मनोज रसाइली, ईश्वर बस्याल, कमल बयलकोटी, प्रेम विश्वकर्मा र प्रेम परियार रहनुभएको छ । त्यसैगरि, दीपक परियारको संयोजकत्वमा मिडिया परिचालन उपसमिति, चिनबहादुर विकको संयोजकत्वमा व्यानर, प्लेकार्ड, साउण्ड बक्स उपसमिति, हर्कबहादुर विकको संयोजकत्वमा सुकुम्बासी भुमिहिन परिचालन उपसमिति, भोजराज गायकको संयोजकत्वमा साँस्कृतिक झाँकि उपसमिति र मोहन सुनारको संयोजकत्वमा स्वास्थ्य उपसमिति गठन गरिएको छ ।
सोही भेलामा दलित आन्दोलनका लागि सहयोग स्वरुप करिब १३ हजार रुपैया समेत संकलन भएको थियो ।
मेनखबर बाट

No comments:

Post a Comment