मिर्गौला पीडित बिकलाई संजालले संकलन गरेको सहयोग रकम हस्तांतरण


बालकृष्ण सुवेदी, गल्कोट २०७२ साउन ३०, विभेद बिरुद अभियान । दलित एकता संजाल नेपाल बागलुङले गल्कोटको नरेठाटी ५ घामपानी की मिर्गौला पीडित युवती देवी बिकको परिबारलाई सहयोग रकम हस्तांतरण गरेको छ । देवीको उपचारमा सहयोग पुर्याउने उदेश्यले संजालले प्रबासमा रहेका आफ्ना सदस्य मार्फत संकलन गरेको ५० हजार आज हस्तांतरण गरेको हो । उक्त रकम संजालका जिल्ला संयोजक उपेन्द्र बिकले परिबारलाई प्रदान गरेका हुन ।
बिगत १० महिना देखि पीडित देवी अस्पतालको शैयामा जीवनको भीख माग्दै उपचाररत छन । १८ बर्षीया देवीको काठमाडौँको बनस्थली अस्पतालमा उपचार भैरहेको छ । उनको दुबै मिर्गौलाले बिग्रिए पछी अहिले उनलाई डाईलसिस गरेर बचाएको उनकी आमा रूपा सुनारले जानकारी दिइन । डाईलसिस गर्न हप्ताको १० हजार खर्च लाग्ने गरेको उनको भनाई छ । हाल सम्म छोरी को उपचार मा ८ लाख खर्च भएको उनले बताईन । देबीको मिर्गौला प्रत्यारोपण गर्न अझै १० लाख रकम आबश्यक पर्ने बताईएको छ । कमजोर आर्थिक अबस्था का बाबजुत पनी हाल सम्म ऋण धन गरेर छोरीको उपचार गरेपनी अहिले निकै समस्या भएको देबीका बाबु लाल बहादुर सुनार ले बताए । ज्याला मजदूरी गरेर दैनिकी चलाउन समेत धौ(धौ परीरहेको बेला छोरीको उपचार गर्न निकै मुस्किल परिरहेको उनले दुखेसो पोखे ।
हाल युएई मा रहेको छोराको भरमा मात्र छोरी को उपचार गरिरहेको उनको भनाई छ । छोरा को कमाई ले मात्र छोरी को उपचार गर्न सम्भब नभए पछि आफु सक्दो सहयोग गर्न परिबारले सबैलाई याचना गरेका छन ।

No comments:

Post a Comment