किन गरे त सयौ दलितले एकै साथ सामुहिक धर्म परिवर्तन ?

साउन ,२५ विभेद विरुद्ध अभियान ।हरियाणाको हिसार जिल्ला भागना गाउका करिव सय दलित परिवारले धर्म परिवर्तन गरेका छन । छुवाछुत , सामाजिक बिभेद वाट आजित भएर हिन्दू धर्म त्यागी मुश्लीम धर्म कबुल गरेको उनिहरूले दावी गरेका छन । जन्तरमन्तरमा सामुहिक धर्म परिवर्तन गर्नु भन्दा पहिले नै उनिहरूले यसको घोसणा गरेका थिए । भारतमा सामुहिक धर्म परिवर्तन गैर कानुनी कार्य हो ।
किन गरे त धर्म परिवर्तन ?
चार बर्ष पहिले केन्द्र र राज्य सरकारले दलित र पिछडा समुदायकालाई जमिन दिने निर्णय गर्‍यो । स्थानिय ठुला जातिको “ख्वाप पञ्चायत” , ठुला जातिका शक्तिशाली स्थानिय बासिन्दा र प्रसासकहरूले उक्त निर्णय कार्यान्वयन हुन नदिएको उनिहरूको बुझाई अनि दावी छ । ठुला जातका भनिएकाले दलितहरूलाई खेल मैदान लगायतका सार्वजनिक स्थानमा पर्खाल लगाएर प्रवेश निषेध नै गरिदिए । त्यसको बिरोधमा करिव डेढ बर्ष देखी उनिहरूले भारतको राजधानी नयाँ दिल्लिको जन्तरमन्तरमा धर्ना दिरहेका छन । कतैवाट पनि उनिहरूको माग संबोधन नभए पछी उनिहरूले सामुहिक धर्म परिवर्तन गरेको र त्यस पछी भने उनिहरूको माग संबोधन हुने संकेत मिलेको उनिहरू वताउछन ।
पिडित दलितहरूले अन्ना हजारे जस्ता सामाजिक अभियन्ताहरूलाई धार्मिक,सामाजिक,सांस्कृतिक विभेदका बिरूद्ध कहिले बोल्छौ भन्ने प्रष्न समेत गरेका छन ।हिसार प्रसासनले भने उनिहरू सँग कुराकानी भई रहेको वताएको छ ।
एजेन्सीको सहयोगमा

No comments:

Post a Comment