भूकम्पमा भत्किएको विद्यालयलाई दर्नाल अवार्डको साथ

काठमाडौ ,साउन ३० , विभेद विरुद्ध अभियान। अधिकारकर्मी सुभाष दर्नालको नाममा स्थापित ‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड’ रकम भूकम्पमा भत्किएको विद्यालयलाई हस्तान्तरण गरिएको छ । राजधानीमा ३० साउनमा आयोजित कार्यक्रममा सिन्धुपाल्चोक, पोखरेस्थित बालकल्याण प्राविलाई रु. पाँच लाख हस्तान्तरण गरिएको हो । सहयोग रकम ग्रहण गर्दै विद्यालयका प्राधानध्यापक सुब्बा तामाङले १२ बैशाखको महाभूकम्पले भत्किएको विद्यालय भवन निर्माणमा खर्च गरिने बताए । 
अवार्ड सरिता परियार ट्रस्ट फण्डले जागरण मिडिया सेन्टरसँगको साझेदारीमा सन् २०१३ मा स्थापना गरेको हो । सेन्टरका अध्यक्ष रेम विश्वकर्माले यसपटक अवार्ड रकम विद्यालयलाई सहयोग गरे पनि अर्को वर्षदेखि निरन्तर अवार्ड वितरण गरिने जानकारी दिए । ३० साउन २०६८ मा अमेरिकामा कार दुर्घटनामा ज्यान गुमाएका दर्नालको स्मृतिमा आयोजित कार्यक्रममा भूकम्पपछि पुननिर्माण र सामाजिक न्याय विषय अन्तरक्रिया आयोजना गरिएको थियो ।
 राष्ट्रिय योजना आयोगका सदस्य डा. भारतेन्दु मिश्र र युग पाठकले कार्यपत्र प्रस्तुत गरेका थिए । दुबै कार्यपत्रमाथि एमाले सचिव प्रदीप ज्ञवाली, मानवशास्त्री डा. मुक्तसिं लामा र अधिकारकर्मी रक्षाराम हरिजनले टिप्पणी गरेका थिए । 
हिमाल खवर बाट

No comments:

Post a Comment