प्रधानमन्त्रीलाई संयुक्त राजनीतिक दलित संघर्ष समितिको ज्ञापन पत्र








२५ साउन, विभेद विरुद्ध अभियान ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
सबिधानमा दलित समुदायको अधिकार सुनिश्चित गराउन दलित अधिकार संघर्ष समितिले काठमाडौँमा रिपोर्टस क्लब नेपालमा साउन २२ गते पत्रकार सम्मेलन गरि ११ दिने दोस्रो चरणको आन्दोलन घोषणाको कार्यक्रम अनुसार संयुक्त राजनीतिक दलित संघर्ष समिति मकवानपुरले नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत सम्माननीय प्रधानमन्त्रीज्यूलाई ९ सुत्रीय माग सहितको ज्ञापन पत्र पेश गरेको छ । 
ज्ञापन पत्र पेश गर्ने कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्यद्वय गणेश रसाइली र युक्तलाल बिश्वकर्मा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य जंग बहादुर बिश्वकर्मा नेपाल दलित संघका केन्द्रीय सदस्यद्वय गोपीलाल बिश्वकर्मा र पवित्रा बिश्वकर्मा लगायतकाको उपस्थिती रहेको थियो ।सहायक प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर कार्कीलाई समितिका अध्यक्ष मिलन परियारले वाचन सहित ज्ञापन पत्र बुझाउनु भएको थियो । ज्ञापन पत्र पेश पश्चात संक्षिप्त कोण सभाको आयोजना गरिएको थियो । 
कोण सभामा मुक्ति समाजका केन्द्रीय सदस्य युक्तलाल विश्वकर्माले सम्पूर्ण दलितहरु एकजुट भै संबिधानमा अधिकार सुनिश्चित गर्न जस्तोसुकै परिस्थितीको सामना गर्नु परेपनि पछाडी नहट्न र आन्दोलनमा निरन्तर लागी रहन सहभागीलाई अनुरोध गर्दै राज्यको सम्पूर्ण अंगमा१३ प्रतिशतको अधिकार सुनिश्चित गर्न राज्यको गम्भीर ध्यानाकर्षण गराउनु भएको थियो ।यसैगरी मोर्चाका केन्द्रीय सदस्य जंग बहादुर बिश्वकर्माले कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यबाद दिदै पुर्ब घोषित कार्यक्रमआनुसार भोलि गर्ने २ घन्टे चक्का जाम कार्यक्रमलाई सफल पार्न उत्साहका साथ सहभागी हुन अनुरोध गर्नु भएको थियो। हेटौंडाको सिमाचौक बाट सुरु भएको जुलुस दलित अधिकार संबन्धि नारा गुन्जाउदै जिल्ला प्रशासनको प्राङ्गणमा कोण सभा सहित सम्पन्न भएको थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
आज कास्की पोखरामा हजारौ दलित अधिकारकर्मिहरु भेला भै संयुक्त दलित अधिकार संमबन्धि नारा जुलुस गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र  पत्र बुझाएको छ ।


झापाका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र
झापा जिल्लामा भने नयाँ संबिधानमा दलित समुदायको अधिकारको संबैधानिक ग्यारेन्टीका लागि संयुक्त दलित संघर्ष समिति झापाको तर्फबाट आज झापाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

राजधानीमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र 
त्यस्तै गरि  राजधानीमा आज संयुक्त दलित नेपालका तर्फ बाट जितु गौतम, दल्जित सृपाली सहित दलित नेताहरु ले आज प्रधानमन्त्री सुशील कोइराला लाई भेटी ज्ञापन पत्र बुझाउनु भएको छ ।


No comments:

Post a Comment