अस्पतालको बेडबाट दर्जीले भने– “मलाई बचाउनुहोस्

विकास पराजुलि, बुटवल, २०७२साउन २८, विभेद विरुद्ध अभियान  । काठमाडौंमा उपचारर्थ भागिरथ दर्जीको दुवै मिर्गाैलामा समस्या देखा परेपछि उपचारमा आर्थिक समस्या देखिएको छ ।
उनको दुवै मिर्गाैलाले काम गर्न छाडेको छ । पीडितका परिवार गुल्मी जिल्ला अर्जै ३ पोखराबारी स्थायी घर भई काठमाडौंमा उपचार गराईरहेका दर्जीलाई आर्थिक समस्या भएपछि उपचारमा सहयोग गरिदिन सवैतिर उनले हार गुहार गरिरहेका छन् ।
२०७० साल देखि दुवै मृगौला फेल भई उपचार गराइरहेका ४० वर्षीय दर्जीले अस्पतालको बेडबाट भने– “म बाच्न चाहन्छु, मलाई बचाउनुहोस ।” आर्थिक स्थिती कमजोर भएका दर्जी सिँयो र धागोका भरमा जीवन गुजारा गराउँदै आएका थिए । सिँयो र धागोबाटै जीवन गुजारा गर्ने व्यक्ति नै थला परेपछि घरखर्च समेत चल्न ग्राहो परेको परिबारले जनाएको छ । उनका १ छोरा र २ छोरी छन् ।
अहिले सम्म उनको उपचारमा ३ लाखभन्दा बढी खर्च भइसकेको र अझै पनि ठूलो रकम आवश्यक रहेकाले सहयोग गर्न उनले सवैतिर अपिल गरेका हुन ।
काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराई रहेका उनलाई मृगौला प्रत्यारोपण गर्न करिव २२ लाख रुपैया आवश्यक रहेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालले दिएको जानकारी अनुसार आफन्तबाट मृगौला प्रत्यारोपण गर्दा १५ लाख र अनेत्रबाट लिनु परे २२ लाख खर्च हुने बताएको छ ।
उनलाई सहयोग गर्न चाहनुहुने महानुभावले काठमाडौंमा नारायण अर्यालको मोबाइल नंं ९८३३५२६२६ मा, बुटवलमा यमबहादुर अर्यालको मोबाईल नं. ९७४७०१५२८७ र गुल्मीमा जगतबहादुर अधिकारीको मोबाईल नं. ९८४७१८५६९८ सम्पर्क गरी दर्जीको उपचारमा सहयोग गर्न सकिने छ ।

No comments:

Post a Comment