सिर्जनात्मक ऐक्यवद्धताको लागि पोष्टर कविता अभियान– दलित श्रृंखला’


काठमाडौं, ३२ साउन , विभेद बिरुद अभियान ।संविधानमा पिछडिएको वर्गको अधिकार सुनिश्चितताका लागि ऐक्यबद्धता जनाउन उन्मुक्त समूहले पोस्टर कविता अभियान सुरु गरेको छ ।
अभियानको पहिलो शृंखलामा दलित अधिकारका पक्षमा लेखिएका कविता शनिबार पोस्टरमार्फत सार्वजनिक गरिए ।
कविता र कलाको संयोजन गरी बनाइएका पोस्टर सार्वजनिक गरेर अधिकारका लागि नागरिकलाई सचेत गर्ने कार्यक्रमको उद्देश्य भएको अभियन्ता केवल विनाबीले बताए । कार्यक्रममा १३ कविले कविता सुनाएका थिए ।
शान्ति बाटिका बाट सुरु गरेको पोस्टर कविता अभियान दोस्रो दिन भुगोल पार्क न्युरोडमा ,साउन ३२ गते साझ ५ बजे तेस्रो दिन पिपल बोट सिफलमा, भाद्र १ गते चौथो दिन धरहरामा सुनाउने कार्यक्रम रहेको छ । दलित अधिकारका पक्षमा  निभा शाह, केशव सिलवाल, प्रकाश गुरागाईं, कला अनुरागी, राजु स्याङतान, मुक्तान थेवा, हरिशरण परियार, विश्व सिग्देल, केवल विनाबीलगायतले कविता सुनाएका थिए । 



अबको शृंखलामा मधेसी, जनजाति, महिलाका पक्षमा एक्यबद्धता जनाउँदै  सिर्जनात्मक अभियान चलाउने उन्मुक्त समूहले जनाएको छ ।

तस्बिर सौजन्य - केवल बिनबि ज्युको फेस बक बाट

No comments:

Post a Comment