दलितद्वारा काठमाडौंमा सिट्ठी जुलुस

राजेन्द्र ताम्राकार , काठमाडौं÷२६ साउन,विभेद  विरुद्ध अभियान । नयाँ संविधानमा केन्द्रमा ३ संघमा ५ र स्थानीय तहका व्यवस्थापिकामा १० प्रतिशत थप प्रतिनिधित्व लगायतका ९ बुँदे मागसहित निरन्तर आन्दोलनरत दलितहरुले आज काठमाडौंमा विशाल सिट्ठी जुलुस निकालेका छन् । 

बबरमहलदेखि शुरु भएको विशाल सिट्ठी जुलुसमा दलित सभासद्, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, कलाकार, पत्रकार, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता लगायत हजारौंको सहभागिता रहेको थियो । 
¥यालीपछि बानेश्वरमा गरिएको कोणसभामा दलित अधिकारकर्मी मोतीलाल नेपाली, एमाले नेता गोविन्द नेपाली, विनोद पहाडी, रणेन्द्र बराली, शम्भुहजारा पासवान लगायतले सम्बोधन गर्नुभएको थियो । 
दलित अधिकारकर्मीले आफूहरुले उठाउँदै आएका विभिन्न नौ बुँदे जायज मागको सम्बोधन गर्न शीर्ष राजनीतिक नेतृत्वलाई ध्यानाकर्षण गराउनुभएको छ । 

यसैबीच आन्दोलनको कार्यक्रम अन्तर्गत भोलि साउन २७ गते देशैभर आफ्नो अधिकारका लागि दलितहरु आफ्नो प्राण आहुति दिन पनि तयार छन् भनेर सन्देश दिने उद्देश्यले कफन जुलुसको आयोजना गरिएको छ । भोलि विहान ११ बजे बबरमहलबाट कफन जुलुस निकालिने संयुक्त दलित आन्दोलन, नेपालले जानकारी गराएको छ ।

No comments:

Post a Comment