नेपालको १ सय ४ वर्षको जहाँनिया राणा शासनबाट सबैभन्दा बढि दलित नै दबिएको दावी गर्न सकिन्छ । ००३÷००४ सालमा आधाकारिकरुपमा दलित आन्दोलन शुरु भएको हो । सर्वजीत विश्वकर्माको नेतृत्वमा उदाएको दलित आन्दोलनले ठूलो भुमिका निभाएको मान्नैपर्छ तत्कालीन समय र परिस्थितिमा । हालसम्मको यो कालखण्डलाई समीक्षा गर्ने हो भने देशमा धेरै दलित पक्षमा संघ÷संस्था गठन गरिएका छन् । केही हदसम्म ती संघ÷संस्थाले आन्दोलनलाई अग्रगतीमा ल्याएका हुन् । त्यसपछिको समयमा केहि झिनामसिना काम सिवाय केही हुन सकेन । वि।स २०१८ सालमा तत्कालीन राजा महेन्द्रलाई बिन्तीपत्र बुझाइएको थियो र २०१९ सालमा नेपाल राष्ट्रिय परिगणित परिषद्लाई सरकारले पारित गर् यो । साथै मुलुकी ऐनले कुनै पनि कारणले विभेद गर्न नपाइने कानुनको निर्माण गर् यो । जसबाट नेपाली जनताहरुले ठूलो आशा गरेका थिए । तर त्यो अनुरुपको कार्य भने हुन सकेन । त्यसो त सदियौदेखि जरो गाडेर बसेको छुवाछुत प्रथालाई हटाउनु सानो र चानचुने कुरा थिएन । कछुवा गतीमा भइरहेका यस्ता कमसल कानुनी कागजले मात्र समाजको कालो रुप फेर्न सक्दैन भन्ने सबैलाई अवगत छ । २०४५ सालमा गोल्छे सार्कीको नेतृत्वमा गठित उत्पिडीत जातीय उत्थान माचले केही उल्लेख्य भुमिका खेलेको हो ।
कानुनले नमार्नेेका अन्यायलाई पनि समाजले आजसम्म मान्दै आएको छ । दशवषॆ्र सशस्त्र युद्धबाट पनि दलित नै बढी पेलिएको हो । विपन्न र उत्पिडित वर्गको लागि शुरु गरिएको आन्दोलनले त्यही वर्गलाई नै अचानो बनाएको आज आएर सबै दलितले बुझेका छन् । ०६२÷०६३ सालको आन्दोलनमा दलितले खेलेको भुमिका महत्वपूर्ण थियो । गत जेठ १० गते झलनाथ खनाल नेतृत्वको सरकारले जातीय छुवाछुत विरुद्धको सन्धीलाई ससंदबाट पारित गरेको छ । यो सह्रानीय पक्ष हो नै त्यसको कार्यान्वयन सबै भन्दा बलियो पक्ष हो । त्यसलाई कानुनसम्मतरुपमा कार्यान्वयन गर्न सकिएन भने कानुन पारित मात्र गरेर केही हुने देखिदैन । नेपालमा दलितको पक्षमा कानुनको निमार्ण सन्धी र सम्झौता प्रसस्तै रहेका छन् । तर त्यसको कमजोरी भनेको नेपालीहरुको मानसिकता नै हो भन्न सकिन्छ ।
नेपालमा भएका दुईवटा ठूला आन्दोलनबाट ठूलो गतिमा नेपाली जनताले आफ्नो अधिकारलाई चिन्न पाएका छन् । ०४७ र ०६२÷०६३ साल पछि नेपालका ५९ वटा जनजातिलगायतले आफूलाई कोल्टो फर्ने अवसरका लागि लडिरहेको छ । नेपाल बहुआयामिक देश भएकैले सम्पूर्ण जाति वर्ग भाषा धर्मले आफ्नो अधिकार पाउनु जायजै हो । तर दलित समुदायले यतिबेला निदाएको नाटक गरिरहेको छ । वर्वर अत्याचार दमन र उत्पिडन सहने बेलामा र ठूला आन्दोलनलाई सफल बनाउन अहोरात्र लोगेको जाति आज बेहोस जस्तै निदाउनुले शोषक शामन्तलाई हाइसुखको भान भैरहेको छ । किन दलित समुदाय आफ्नो अधिकार प्राप्तिको समयमा निदाएको छ त यसको अर्थ यो हैन कि दलितले अधिकार पायो । जुन वास्तविक दलित वर्ग समुदाय छ जो आज पनि हिजो कै अवस्थामा रहेको छ । दलितभित्रका केही दलित व्यक्तिले दलितको आन्दोलनलाई नै आम्दानीको स्रोत बनाएकाहरुले जीवनस्तरमाथि उठाए । तर अभावको जीवन बाँच्दै आएका पीडितहरुले आशाको श्वास फेर्न बिसे्रका छैनन् । दलित आन्दोलन सुस्ताउनुको प्रमुख कारण यहि नै भएको छ कि यहाँ दलितका समस्यामा आफ्नो भाग्य सजाउनु । दलितका लागि आएको सेवासुविधा कोटा तथा बजेट पनि बास्तविक दलितको पहुचमा नपुग्दै सकिन्छ । समाजलाई हाक्दै आएका मुकुन्डेहरुले दलितलाई अधिकारको पहुचमा आउन नदिनु एउटा कारण हुन आउँछ भने अर्कोतिर स्वय दलित पनि चार मुखलगाएर आफ्नो मात्र दुनो सोझाउनुले समस्या जहिले यही भएको छ । एकातिर राजनीतिक दल तथा पार्टीहरुले पनि दलितलाई सत्ता चढ््ने भर् याङ बनाएका छन् । सत्ता नपुगुाजेलसम्म तताउँछन् र सत्तामा गए पनि सबैलाई आश्वासनको सिकार बनाउनुले पनि दलित आन्दोलन सेलाउँदै गएको हो ।
दलितलाई विभिन्न दल तथा गुट उप-गुटमा राखेर दलितलाई आपसमा लडाउने भिडाउने काम राजनैतिक दलको भएको छ । समस्या यहाँनेर रहेको छ दलितलाई फुटाउने र त्यसबाट आफूले फाइदा लिने काम भइरहेको छ । जस्ाबाट दलितहरुको साझा एजेण्डामा सहमति गर्न नसकिरहेको अवस्था छ । दलितहरुले नै आफ्नो महत्वको आवश्यकता ठानेर अगाडि बढ्नुपर्ने देखिएको छ । दलितहरुले हाम्रो पहिचान के हो हामीले पाउनु पर्ने केहो तथा हाम्रो एजेण्डा अनि माग के हो भन्ने नै स्पष्ट नहुनुले पनि आन्दोलनलाई धरासायी बनाएको पाइन्छ । विभिन्न राजनैतिक दलहरुका फरक फरक एजेण्डाहरु भएका कारण पनि दलितले अहिलेसम्म अधिकारको सुनिश्चितता छैन । गरिवी अभाव रोग भोक दरिद्रता अशिक्षा अस्वस्थता सबै समस्या दलितभित्र भएको हँुदा यसबाट माथि उठ्न र आफ्नो अधिकारको बारेमा वकालत गर्न नसक्नु विकराल अवस्था छ र सोही कारण दलितहरु आन्दोलित हुन नसकेका हुन् । यसैका लागि दलित नै अविराम आन्दोलित हुनुपर्ने भए पनि सुस्ताउन बाध्य छन् दलितहरु । उनीहरुको गाँस बास र कपास नै समस्या छ भने त्यो भन्दा पर रहेर काम गर्नसक्ने अवस्था छैन । दलित वस्तीहरुमा देखिएको समस्यालाई राज्यले स्वीकार गर्न सकेकेा छैन । दलित आन्दोलनलाई प्रभाव पार्ने धेरै विषयवस्तु तत्कालको परिस्थितिमा देखिएको छ । दलितहरु आफैमा विपन्न हुनु र यसको फाइदा गैरदलितले उठाउने भएको हँुदा दलितले अगाडि आउने ठाउँ पाएको छैन । हाम्रो समाजमा दलित र गैरदलितको बीचमा यसको सम्बन्ध छ जसले यो खाडललाई पुर्नु कसैको छैन । दलितहरु अधिकाँश विपन्न रहनु र गैरदलितको घरमा काम गर्न जानु र गैरदलितले काममा जोताउनु त्यसैगरी बैज्ञानिक पद्धतिअनुरुप ज्यालाको व्यवस्था नहुनुले समस्या निम्त्याएको छ । हालको परिस्थितिमा दलितहरु एकढिक्का हुन नसक्नु समस्याको जड मान्न सकिन्छ । त्यसैका कारण दलित आन्दोलन सुस्ताएको हो ।
मुख्यरुपमा तीन खेमामा बाडिएको दलित आन्दोलनलाई एकीकृत रुपमा अगाडि बढाउनु पर्ने अपरिहार्यता देखिएको छ । दलित आन्दोलनको मुक्तिदाता दलितनै हो भन्ने एउटै मिसन र भिजन लिएर ऐक्यबद्धता र प्रतिद्धता सहित जुझारु बन्ने हो भने मात्र दलित आन्दोलनले सार्थकता पाउने देखिन्छ । शिक्षित दलितहरुले समाजका अन्य दलितलाई विभिन्नरुपमा जागरुक बनाउनु पर्ने देखिन्छ । दलितभित्र रहेका अनेक प्रकारका समस्यालाई सर्वप्रथम सुल्झाउने बाटो तय गर्नुपर्छ तब मात्र अन्य समस्यालाई समाधानको उपायमा राख्न सकिन्छ । छदशक लामो दलित आन्दोलनलाई यतिबेला हामीले रोक्यांै भने आजसम्म गरेका परिश्रमको कुनै औचित्य देखिदैन । त्यसैले शान्तिपूर्णरुपमा दलित आन्दोलनलाई जुर्मुराउनु अत्यन्तै आवश्यक देखिन्छ ।source:-ganatantradaily
No comments:
Post a Comment