रुपान्तरणको सिलसिलालाई जोड्ने हो भने दलित सवालका विषयहरु प्रकाशन र प्रशारणमा न्यून छन् । यस विषयमा सम्बद्ध सरोकारवाला पक्षहरु सशक्त जिम्मेवार नै छन् । सञ्चार माध्यममा दलित आवाजलाई पर्याप्त मात्रामा समेट्न नसकी रहेको अवस्था छ । जनआन्दोलन दोस्रोपछि देशमा राजनितीक, सामजिक र बैचारिक विकासले तीब्र रुप लिएको छ । त्यसो त हामीले विकासको नाममा भौतिक विकासलाई मात्र प्रधान ठान्छौ । यद्यपी विकासको सर्बमान्य परिभाषाले त्यसलाई मात्र मान्दैन । विकास हुनको लागि मानवीय सोच र विचारको पनि विकास हुन आवश्यक मानिन्छ । जबसम्म मानवीय सकारात्मक सोचको विकास हुदैन तवसम्म त्यस क्षेत्रको विकास सम्भब मानिदैन । त्यसैले हाम्रो समाजमा कलंकको रुपमा विद्यमान जातीय विभेदको विषयमा समाज अझै अज्ञात बन्न खोजिहेको महसुस हुन्छ । राष्ट्रियस्तरदेखि स्थानीय स्तरसम्म हुने गरेको जातीय विभेदका सवाल एक पक्षीय छन् । त्यस कारण आजसम्म हामीले विकासको नाममा भौतिक विकासलाई मात्र प्राथमिकता दिदै आयौ तर अब मानवीय सकारात्मक सोचको विकासलाई प्राथमिकता दिन आवश्यक रहेको छ । जातीय विभेदका सवालमा हुदै आएका अमानवीय घटनाहरु त्यही कुसोच र कुसंस्कारकै कारण हुने गरेका छन् । अबको हाम्रो मिडिया मिसन मानवीय सकारात्मक सोचको विकासमा केन्द्रीत हुन आवश्यक छ । समाजमा व्याप्त जातीय विभेद सम्बन्धी सकारात्म सोचको विकास गर्न सञ्चार माध्यमले मात्र गर्न सक्छ । सञ्चार माध्यमले योजनाबद्ध रुपमा अगाडि बडेको देखिएको पाइदैन यस विषयमा । सामाजिक विकासक्रमलाई नियाल्ने हो भने पनि नेपाली समाज यहासम्म आई पुग्न धेरै कालखण्डहरु पार गरेको छ । तमाम कालखण्डहरु पार गर्ने सम्बन्धमा प्रचार गरिएका कुसंस्कार र मान्छेले मान्छेलाई मान्छे नसोच्ने प्रबृत्ती अझै कायम छ । हिजोको जस्तो क्रुर अवस्था आजभोलि नभए पनि त्यसको अवशेषले गर्दा समग्र विकासमा बाधा उत्पन्न गरिएको राज्यले महसुस गरेको छ । दाङमा अब जातीय विभेदका सवालमा सञ्चार माध्यमले सोँच परिवर्तन गर्ने विषयमलाई पनि जोड दिनु पर्छ ।
दाङकै सन्दर्भलाई हेर्ने हो भने पनि विभिन्न समयमा विभिन्न जातीय विभेदका घटनाहरु भैरहेको पाइन्छ । दाङका पहाडि गाविस तथा ग्रामीण भेग तिर जातीय विभेदका घटनाहरु हुने गरे पनि त्यस्ता घटनाहरु सञ्चार माध्यमसम्म आइपुगेका हुदैनन् । एउटा नेताले के भन्यो भन्ने कुरालाई फ्रन्ट पेजको समाचार बनाएर जातकै आधारमा मान्छेले मान्छेलाई गरेको अमानवीय व्यवहारको विषयलाई समाचार नमान्ने प्रवृत्ती दाङमा छन् । जातीय विभेदका घटनाका सवालमा आवाज उठाउने काम एनजियो÷आईएनजियोको काम हो भन्ने सोँचका कारण जातीय विभेदका विषय ओझेलमा छन् । एउटा कुरा के पनि हो भने नेपालमा जातीय विभेदका घटनामा गैरसरकारी संस्थाले ध्यान दिदैनथे भने अहिले पनि १९ औ शताब्दीकै अवस्था हुने थियो । त्यस कारण जातीय विभेदका विषयमा सशक्त आवाज एनजियो÷आईएनजियोले उठाएकै छ । पछिल्लो समयमा उठिरहेको पहिचानको विषयका परिचित दलित र गैरदलित विचको खाडलले पनि यो समस्या समाधानको लागि बाटो खोलेको छैन । केही पत्रिका र रेडियो बाहेकका सञ्चार माध्यमले दलित समुदाय र उसको समस्यालाई खासै सम्बोधन गरेको पाइदैन । केही पत्रिका र रेडियोले दलित समुदायसंग सबन्धित कार्यक्रम र विचारहरु प्रकाशन र प्रसारण गरे पनि धेरै जसोले त्यसलाई ध्यान दिएका छैनन् । सामाजिक समुन्नत विकासमा सञ्चारको भुमिका छ यद्यपी त्यसलाई सशक्त रुपमा अगाडि बढाउन नसकिरहेको अवस्था जिल्लामा छ । त्यसो त खोजी तथा विकास पत्रकारिताको सिद्धान्त अनुरुप यस्ता विभेदका विषय र ग्रस्त समस्याहरु सञ्चार माध्यममा पहुचको दृष्टिले सन्तोषजनक छैन र विविध कारणले सञ्चार प्रतिनिधी दलित वस्ती वा समस्या ग्रस्त स्थलमा पुग्ने व्यवस्था पनि छैन । दलितले भोग्दै आएको यो विषय कुनै नयाँ हैन पुरानो नै हो र सञ्चार माध्यम सधै नयाँ विषयको खोजी गर्ने भएकाले पनि यस्तो हुने सकेको देखिन्छ । पछिल्लो समयमा जिल्लामा अन्तरजातीय विवाहको समस्या प्रमुख छ । अन्तरजातीय विवाहको विषयलाई अनेकौ विषयमा मोडेर केटा केटी छुट्टयाउने प्रचलन सरकारी जिम्मेवार व्यक्तीहरुमा रहेका छन् । त्यस्ता विषयहरु सञ्चार माध्यममा आउन बाँकी रहेको छ । यसरी स्थानीय पत्रिकाले दलितका सवालहरुलाई पर्याप्त मात्रमा स्थान दिन सकेको छैन भने जिल्ला र यस आसपासलाई क्षेत्र बनाएर सञ्चालित रेडियोहरुले पनि दलित सम्बन्धी कार्यक्रम नबजाएको पाइएको छ । विविध कारणले यस विषय ध्यान दिन नसकिरहेको पाइएको छ । जिल्लामा दलित पत्रकार संघ स्थापना भएको लामो समय भइसक्दा पनि कुनै उल्लेख्य काम गर्न नसकिरहेको प्रतित हुन्छ । दलित पत्रकारहरुको अभाव र गैरदलितले दलितका सवालमा चासो नदिदा समस्या उस्तै छन् । चेतना, शिक्षा र आर्थिक व्यवस्थामा कमजोर मानिएका दलितहरु पारिश्रमिककै कारण पत्रकारितामा टिक्न सकिरहेका छैनन् । दलितका सवाल लेखेर र बोलेर जिल्लामा बाँच्न सकिने अवस्था छैन । एउटा बाध्यताको विचबाट दलित पत्रकारिता सञ्चार भैरहेको छ ।
यतिबेला जिल्ला बाहिर भैरहेका जातीय विभेदका घटनाहरुले दलित समुदाय तरंगीत छ । तर, यस विषयमा दाङका पत्रपत्रिका र रेडियोहरुले सुनेको नसने झै गरिरहेका छन् । विशेष गरी मोरङ बेलवारीको घटनाले यतिबेला दलित समुदाय प्रतिको प्रहार र हाम्रो सामाजिक अस्तित्वको धावा बोलिरहेको भान हुन्छ । यस विषयमा सम्बन्धित स्थानका पत्रपत्रिका र राष्ट्रियस्तरका पत्रपत्रिकाले धानिरहेका छन् । यस विषयको घटना भोलि दाङमा हुदैन भन्ने ग्यारेण्टी के छ ? आखिर नभएका पनि त हैनन् नि ? दाङ हापुरको घटना, गोबरडिहाको घटना, फूलवारीको घटना यो श्रृङ्खला त आखिर जारी जस्तै त छ नि । मोरङ बेलवारीको घटना राष्ट्रिय र मानवीय चासो र चिन्ताको छटना हो तर, दाङका मिडियाहरुले कुनै वास्ता गरिरहेको छैनन् । भोलि हुने सम्भावित घटनाहरुलाई न्युनीकरण गर्नको लागि आज जिम्मेवार बन्न आवश्यक छ । आज भएको मोरङ बेलवारी घटनाले भोलि दाङमा सिकाई र परिवर्तनको व्यवस्था कायम गर्न सक्छ । त्यसतर्फ दाङमा पनि जागरण पैदा हुनु आवश्यक ठानिन्छ ।source:- ganatantradaily
No comments:
Post a Comment