यस कार्यपत्रले
दुईवटा उद्देश्यमा ध्यान दिएको छ — (१) असमानता कसरी सिर्जना हुन्छ र
नेपालमा विगतमा सकारात्मक कदम कसरी अपनाइएको छ भनी हेर्नु, (२) नेपालमा
असमानता हटाउने रणनीतिका रूपमा सकारात्मक कदमले कत्तिको काम गर्न सक्छ भनी
हेर्नु । असमानता र सकारात्मक कदम जस्ता अवधारणाका एउटाभन्दा धेरै अर्थ
हुन्छन् । असमानताले मोटामोटी रूपमा समाजका सामाजिक, आर्थिक र राजनीतिक
सूचकका आधारमा मानिसहरू बीचमा भएको असमानतालाई बुझाउँछ । यस अवधारणा
अन्तर्गत निश्चित सन्दर्भमा मान्यता, समावेशीकरण र क्षेत्रीय र सामाजिक
विविधता पर्दछन् ।
यस विषयमा दुई किसिमका विचार छन् ।
पहिलो, सबै नागरिकका लागि समानताको सिद्धान्त । दोस्रो, मूलधार भन्दा
बाहिरका केही समुदायका लागि सकारात्मक कदम । पहिलो विचारका अनुयायीहरूले
आरक्षण काम लाग्दैन भनेर त्यसको चर्का आलोचना गरेका छन् । केहीले शैक्षिक
संस्थाहरूमा ‘गुणस्तर’ कायम गर्नुपर्छ भनेर आरक्षणको विरोध गरेका छन् भने
केहीले चाहिँ आरक्षणले सार्वजनिक क्षेत्रमा ‘कार्यकुशलता’ घटाउने हुनाले
आरक्षण हुनुहुँदैन भनेका छन् । धेरैले यसले केही समूहलाई ‘नाजायज फाइदा’
पुर्याउँछ भनेर विरोध गरेका छन् । तर, दोस्रो विचार मान्नेहरू के भन्छन्
भने केही समुदायलाई परापूर्वकालदेखि सामाजिक र राजनीतिक अधिकारबाट वञ्चित
गरिएकाले यस्ता समूहको पहिचान गरी उनीहरूलाई आरक्षण प्रदान गर्नु आवश्यक छ ।
हामी यही पछिल्लो विचारमा विश्वास गर्छाैँ ।
संसारका धेरै भागमा केही निश्चित समूहका
मानिसहरूले सामाजिक र आर्थिक अन्याय भोग्दै आएका छन् । उनीहरूलाई
सदियौँदेखि भेदभाव गरिएको छ । यी मानिसहरू गरीब छन् । उनीहरूलाई निश्चित
सामाजिक र राजनीतिक अधिकारबाट वञ्चित गरिएको छ । त्यसैले सामाजिक, आर्थिक र
राजनीतिक दृष्टिले पछाडि परेका समूह पत्ता लगाइ उनीहरूले राष्ट्रिय
स्रोतसाधनको हिस्सा उपयोग गर्न पाउने अवस्था सिर्जना गर्न उपयुक्त उपाय
अपनाउनुपर्छ ।
यस कार्यपत्रमा नेपालको आरक्षण नीतिका
बारेमा छलफल गरिएको छ । यसका लागि सबैभन्दा पहिले नेपालका विभिन्न
जाति÷जनजाति र उनीहरूको वितरण सम्बन्धी आँकडा प्रस्तुत गरिएको छ:
समूह |
संख्या/प्रतिशत |
कूल जातीय समूह |
१०० |
कुल भाषिक समूह |
९२ |
कुल धार्मिक समूह |
९ |
जाति–उत्पत्ति हिन्दू समूह (दलित लगायत पहाडे र तराईका जात समूह) |
५९% |
दलित समूह मात्रै |
११.६५% |
नेवार |
५.५५% |
जनजाति |
३१% |
मुसलमान |
४.३% |
अन्य |
०.२% |
स्रोत: केतवि, २००१ को जनगणना
नेपालमा ६२ वर्ष अघि नै प्रजातान्त्रिक क्रान्ति भएको भए पनि यहाँका
सामाजिक, राजनीतिक र आर्थिक रूपले शक्तिशाली पदमा केही समूहको मात्र
वर्चस्व छ । यस कुरालाई स्वीकार गर्ने ठूलो चाहना भए पनि र यसको फलस्वरूप
सन् २००७ को अन्तरिम संविधानले आदिवासी÷जनजाति, दलित, महिला र मधेसीलाई
वञ्चित समूह ठानी उनीहरूका लागि आरक्षणको नीति आवश्यक भएको स्वीकार गरे
पनि, निर्वाचित संविधान सभाका सदस्यद्वारा गठित नयाँ समितिले सीमान्तकरणको
सवाललाई सम्बोधन गरेन र यसभित्र कुन कुन समूह पर्छन् भन्ने कुरा स्पष्ट
पार्न सकेन ।
दलित
नेपालमा दलितहरूलाई ‘अछुत’, ‘तल्लो जात’, ‘पानी नचल्ने जात’ भन्ने गरिन्छ ।
यी सबै अपमानजनक शब्दावली हुन् । दलित समुदायभित्र पनि विभिन्न वर्गीकरण
छन् । दलितहरूको अद्यावधिक सूचीलाई
मूल रूपमा पहाडे दलित, तराइ दलित र नेवार दलित गरी तीन क्षेत्रीय समूहमा
बाँड्न सकिन्छ । यी सबै समूहका छुट्टै सांस्कृतिक विशेषता छन् र उनीहरू
भित्रै पनि उँचनीचको परम्परा छ ।
समूह
|
प्रतिशत
|
कुल दलित जनसंख्या |
११.६% (२६७५८१७)
|
पहाडे दलित |
६४%
|
तराई दलित |
३५.४% |
नेवार दलित |
०.५% |
स्रोत: केतवि, २००१ को जनगणना
यी
समूहका लागि आरक्षण महत्वपूर्ण हुन्छ किनभने उनीहरूले लामो समयसम्म
सामाजिक वञ्चितीकरण, अन्तरजातीय असमानता, छुवाछुतको चलन र जातीय भेदभाव
भोग्नु परेको छ । भट्टचन र अन्यले गरेको अध्ययन (२००२) मा नेपालमा २०५
प्रकारका जातीय भेदभाव चलनचल्तीमा रहेको उल्लेख छ । यहाँ के कुरा उल्लेखनीय
छ भने दलितहरूप्रति गैरदलित र दलित दुवैले भेदभाव गर्ने चलन छ । यति मात्र
होइन, दलित समुदाय नेपालको सबैभन्दा गरीब, सबैभन्दा पछि परेको र सबैभन्दा
कम शक्तिशाली समूह हो ।
मधेसी
‘मधेसी’ एकदमै अस्पष्ट शब्द हो । यस समूह भित्र पनि विभिन्न तह छन् ।
तिनलाई मूल रूपमा चारवटा वर्गमा राख्न सकिन्छ : (क) नेपालको तराईमा
शताब्दीयौँदेखि बसोबास गरिरहेका समूह, जो आपूmलाई तराईका आदिवासी भन्न
रुचाउँछन्, (ख) हिन्दू मूलका तराईका जात समूह, (ग) भारतीय मूलका व्यापारी
समूह र (घ) मुसलमान । यी समूहले विभिन्न थरीका कलंक र अप्ठ्यारा भोग्नु
परेको छ । यस समूहभित्र विविधता छ । कोही आर्थिक रूपले शक्तिशाली छन् भने
कसैले निरन्तर भेदभाव भोग्नु परेको छ । यहाँ के कुरा उल्लेख गर्नु आवश्यक छ
भने आजभोलि तराईका मानिसको सामूहिक पहिचान जनाउने ‘मधेसी’ शब्दलाई राज्य र
पहाडेहरूका विरुद्धमा लड्ने साधनका रूपमा उपयोग गरिएको छ ।
‘मधेसी’ भनिने यस बृहत् समूहभित्र ४३
हिन्दू जात, १० आदिवासी÷जनजाति र एउटा मुसलमान समूह छन् । उनीहरूको आर्थिक,
राजनीतिक र सामाजिक हैसियतमा आकाशजमीनको अन्तर छ । मैथिली ब्राह्मण,
राजपूत, कायस्थ र भूमिहार जस्ता केही समूहको सामाजिक–आर्थिक हैसियत उच्च छ
भने केही आदिवासी÷जनजाति र तराई दलितको हैसियत कमजोर छ । ‘मधेसी’ को बृहत्
वर्गीकरणभित्रका यी समूहलाई सामाजिक समावेशीकरण र वञ्चितीकरणको खास
प्रक्रियामा राख्नुपर्छ र हरेकका विशिष्ट आवश्यकतालाई सम्बोधन गर्नुपर्छ ।
दलित, महिला, जनजाति र मधेसीका
मुद्दालाई सम्बोधन गर्नका लागि बितेका ६० वर्षमा सरकारले विभिन्न खालका
प्याकेज ल्याएको छ । उनीहरूको सामाजिक–आर्थिक र राजनैतिक अवस्था माथि उठाउन
सरकारले विभिन्न संस्था स्थापना गरेको छ र धेरै विकास कार्यक्रम सञ्चालन
गरेको छ । जनजाति उत्थान प्रतिष्ठान स्थापना गर्नका लागि सरकारले सन् १९९६
मा एउटा आयोग बनायो । स्थानीय विकास मन्त्रालयले सन् १९९७ मा दलित विकास
समिति र सन् २००२ मा दलित आयोग गठन ग¥यो । सन् १९९७ मा एउटा आदेशमार्पmत
जनजाति विकास राष्ट्रिय समिति गठन भयो । यस समितिले जनजातिको अवधारणा
परिभाषित गर्नुका साथै नेपालका ६१ आदिवासी÷जनजातिको पहिचान ग¥यो । सन् २००२
मा आदिवासी जनजाति विकास प्रतिष्ठान ऐन २००२ आएपछि यस समितिका ठाउँमा
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान गठन भयो । यस प्रतिष्ठानले
नेपालका ५९ आदिवासी÷जनजातिको पहिचान गर्यो । आदिवासी÷जनजातिको सूची
अद्यावधिक गर्न सन् २०१० मा सरकारले गठन गरेको आयोगले ८१ आदिवासी-जनजातिको
सूची बनाएको छ जुन अनुमोदन हुन बाँकी नै छ ।
सन् १९९५ मा स्थापना भएको महिला,
बालबालिका तथा समाजकल्याण मन्त्रालयले छात्राहरूका लागि छात्रवृत्ति र
महिलाको जीवनस्तर उकास्नका लागि (पीसीआरडब्लु र एमसीपीडब्लु जस्ता)
संस्थागत ऋण सुविधाको थालनी ग¥यो । नवौँ (१९९७–२००२) र दशौँ (२००३–२००७)
पञ्चवर्षीय योजनामा विभिन्न समूहको अवस्था उकास्न र उनीहरूलाई सशक्त बनाउन
धेरै नीतिगत प्रावधान राखिएका छन् । सरकारले महिला, दलित र जनजाति विशेषको
सशक्तीकरणका कार्यक्रम ल्यायो । सहभागितात्मक जिल्ला विकास कार्यक्रम र
स्थानीय सुशासन कार्यक्रम यसका केही उदाहरण हुन् ।
संविधानमा पनि दलित सम्बन्धी प्रावधान
राखिएको छ जसमा आर्थिक तथा सामाजिक रूपले पिछडिएका समुदायका लागि शिक्षा,
स्वास्थ्य र रोजगारीका क्षेत्रमा राज्यले विशेष व्यवस्था गर्ने कुरा उल्लेख
छ । तर आरक्षण कार्यक्रमलाई सही ढंगले कार्यान्वयन गर्ने मामलामा धेरै
समस्या र सवाल उत्पन्न भएका छन् । सम्बन्धित पार्टी र समूहले यी
कार्यक्रमको सही कार्यान्वयन गर्नेतिर ध्यान दिनुपर्छ ।
दलित र यसको जनसंख्यासँग धेरै अर्थ
जोडिएका छन् । दलितलाई सुविधाविहीन, अधोन्मुख, सीमान्तकृत र दमित पनि भन्ने
गरिन्छ । यो वर्गीकरण अन्तर्गत धेरै गैरदलित समूह पनि पर्दछन् । यस्तो
अलमलले गर्दा फरक मानिस वा संस्थाले दलितका समूह र संख्या फरक–फरक भएको
दाबी गरेका छन् (उदाहरणका लागि, सन् १९९७ मा गठित राष्ट्रिय दलित आयोगले
दलितका २३ समूह पहिचान गरेको थियो भने सन् २००२ मा २२ वटा समूह पहिचान
गर्यो । विश्व बैंक-डीएफआईडीले सन् २००६ मा २९ वटा समूह पहिचान गरेको छ ।)
दलितभित्रै पनि भेदभावको चलन कायम छ । दलित भित्रै पनि विविधता छ । केही
संभ्रान्त दलितले दलितका लागि उपलब्ध सुविधा उपयोग गरिरहेका छन् ।
उच्च जातका मधेसी समूह (मैथिली
ब्राह्मण, राजपुत, कायस्थ) को आर्थिक अवस्था राम्रो छ । यस्तै गरी नेवार,
थकाली, गुरुङ, लिम्बू र राई जस्ता आदिवासी÷जनजाति समूहको अवस्था अन्य
आदिवासी-जनजातिको भन्दा राम्रो छ ।
यी सवाललाई सम्बोधन गर्नका लागि
आरक्षणका विभिन्न कार्यक्रम ल्याइएका छन् । एकातिर कसको समानता अर्थात्
आरक्षण किन भन्ने प्रश्न छ भने अर्कातिर ‘कानुनका दृष्टिमा समानता’ को
अवधारणाको व्याख्या हुनु जरूरी छ । सामूहिक पहिचानसँग सम्बन्धित आरक्षणका
धेरै तरीकामध्ये केही जनसंख्यामा आधारित छन् भने केही संघीय प्रणालीमा
आधारित छन् । अनि केही चाहिँ जाति÷जनजातिमा आधारित छन् । यी सबैले के गलत
मान्यता लिएका छन् भने यी सांस्कृतिक समूह समान चरित्रका छन् । यी तरीकालाई
तल तालिकामा प्रस्तुत गरिएको छ :
आरक्षणका तरीका |
समूह |
पहिलो प्राथमिकता |
तराई दलित (यस समूह भित्रकालाई पनि
निम्न प्राथमिकता अनुसार : हल्खोर, डोम, पत्थरकट्टा, मुसहर, पासवान,
चिडिमार, खत्वे, चमार र तत्मा) |
दोस्रो प्राथमिकता |
पहाडे दलित (निम्न प्राथमिकता अनुसार: बादी, गाइने र सार्की) |
तेस्रो प्राथमिकता |
नेवार दलित (च्यामे र पोडे प्राथमिकता अनुसार) |
मधेसीमध्ये पनि पहिलो प्राथमिकता मधेसी महिलालाई दिनुपर्छ । त्यसपछि मधेसी दलितलाई प्राथमिकता दिनुपर्छ । |
यस्तो खालको विश्लेषण गर्दा आउने
सबैभन्दा गम्भीर समस्या जाति÷जनजातिको अवस्था सम्बन्धी खण्डीकृत आँकडाको
अभाव हो । सरकारले विभिन्न समूहका बीचमा र एउटै समूहभित्रका मानिसका बीचमा
रहेका भिन्नताका बारेमा बुझ्न अझै सकेको छैन । भेदभाव लाद्ने सामाजिक
बनोटका सांस्कृतिक र सामाजिक पक्ष बुझेका खण्डमा मात्रै सकारात्मक विभेदका
कार्यक्रम प्रभावकारी हुन सक्छन् ।
note:-यस लेख १८–२० जुलाई, २०१२ मा काठमाडौंमा
सम्पन्न ‘असमानता र सकारात्मक कदमः विश्वव्यापी बहसमा नेपालको प्रवेश’
विषयक सम्मेलनमा प्रस्तुत कार्यपत्रको सारांश हो । त्यो सम्मेलन त्रिभुवन
विश्वविद्यालयको समाजशास्त्र मानवशास्त्र केन्द्रीय विभाग र काठमाडौंको
सोसल साइन्स बहाःले संयुक्त रूपमा आयोजना गरेका थिए ।
साभार :- soscbaha
No comments:
Post a Comment