प्रारम्भमा उनले दक्षिण एसियाका २५ करोड दलितको सामाजिक, आर्थिक र साास्कृतिक स्थिति कस्तो रहेको छ भन्ने चर्चा गर्दछन् । लामो समयदेखि दमन, शोषण, उत्पीडन र बहिस्करण चल्दै आएता पनि आधुनिक दक्षिण एसियामा सशक्त दलित आन्दोलन किन उठ्न सकेन? प्रारम्भमा नै उनी प्रश्न गर्दछन् ।
- हिन्दु धर्म-ब्राम्हण धर्म)को केन्दि्रय तत्व कर्मफलवाद वा भाग्यवाद
- शुद्रहरुलाई ज्ञान र शिक्षाबाट बञ्चितिकरण
- अन्य धर्मले हिन्दु धर्मको भाग्यवाद माथि गम्भीर आपत्ति जनाउन नसक्नु
- न्यून शुद्र समुदायको संख्या
- असंगठित शुद्रहरुको बसोबासको अवस्था
- सहासी र प्रतिभावान् शुद्रलाई ब्राम्हण र क्षत्रीय वर्णमा लैजाने परम्परा
- बाग्मती उपत्यकामा लिच्छवि शासनको थालनी सँगै वर्णव्यवस्था लागु गरियो र सन् ६०० सम्ममा छुवाछुतसमेत कायम गरियो । मल्ल राजा जयस्थिति मल्लले -सन् १३६०-१३९५) मा वर्ण व्यवस्थालाई कठोर पारे ।
- इशाको पन्ध्रौं शताब्दीपछि प्रवेश गरेका हिन्दु धर्मिय शासकले पश्चिम नेपालदेखि गण्डकसम्म वर्ण व्यवस्था लागु गरे । त्यसक्रममा गोरखाका राजा राम शाह -सन् १६०५-१६३६) ले चार भाषा बोल्ने छत्तीस जातको व्यवस्था कायम गरे ।
- नेपालको मैथिली, अवधी लगायत भाषा बोल्ने तराईका मधेसी समुदायमा भारतको वर्ण व्यवस्था जन्मिएको केन्द्रीय थलोबाट नै बिस्तार हुदै आइपुगेको थियो ।
२. २०१७-२०४६: सुधारवादी, आत्मसमर्पणवादी काल
३. २०४६ देखि हालसम्म: क्रान्तिकारी दिशा उन्मुख
दलित गैरसरकारी संस्थालाई उनले कटु आलोचना गर्दै दलित विद्रोहलाई टार्ने वा पछाडी धकल्ने माध्यमको रुपमा चित्रित गरेका छन् ।
- विचारधारात्मक राजनीतिक दिशा प्रष्ट पार्नुः- जसमा उनले दलित आन्दोलनको विश्व दृष्टिकोण द्धन्द्धात्मक एवं ऐतिहासिक भौतिकवादी हुनुपर्ने बताएका छन् । उत्पादनको स्रोतको रुपमा भूमिलाई लिदैं क्रान्तिकारी भूमिसुधार गर्नुपर्ने, विद्यमान दलित पक्षिय कानुनको कार्यान्वयनमा हस्तक्षेप गर्नुपर्ने तथा दलित जातिय अन्तरघुलन अगाडी बढाउनुपर्ने जस्ता विषयमा उनले जोड दिएका छन् ।
- सुधारात्मक काममा पर्याप्त ध्यान दिने : ’विकासे’ गैसस भन्दा पृथक तर दलित समुदायमा अन्तरघुलन हुन सक्ने जागरणमुखी संस्थाको आवश्यकता औल्याएका हुन् ।
- व्यापक संयुक्त मोर्चा निर्माण :
- लेखमा उल्लेखित केहि तथ्य, तथ्यांक पुराना छन् । पहिलोपटक प्रकाशन भएर ६ वर्षपछि पुनः प्रकाशित गर्दा समेत लेखकले सो लाई परिवर्तन गरेका छैनन् । तथ्यांकको पुनरावलोकन आवश्यक देखिन्छ ।
- माक्र्सवादको आधारभूत सिद्धान्त बुझ्न ःयमभ या उचयमगअतष्यल बुझ्न जरुरी छ । लेखकले वर्ण व्यवस्थाको सुरुवाती इतिहासको चर्चा गरिरहादा त्यस समयको उत्पादनको प्रकृति कस्तो थियो र के कारण दलित जातिमाथि छुवाछुत र अपरिवर्तनीय पेशा थोपरियो उल्लेख गरेका छैनन् । त्यसैमाथि जयस्थिति मल्ल, राम शाहले जाति र पेशाको विभाजन किन गरे? के त्यस कालको सामाजिक आवश्यकताको विषय थियो र हाल यसको विकृत रुप विकास भएको हो वा के हो ? भन्ने प्रश्नको उत्तर लेखमा पाइदैन । केबल सुरुवाती शासकप्रतिको तिक्तता पोखेको देखिन्छ ।
- २००७ साल यताका राजनीतिक परिवर्तनहरुलाई लेखकले दलित समुदायलाई कागलाई बेल पाके जस्तै गरी अर्थाएका छन् । १९१० को दलितलाई फरक ब्यवहार गर्नर्े कानुन इतिहास बन्यो । आरक्षण, कोटा प्रणाली, समानुपातिक समावेशी प्रतिनिधित्वको अवस्था आयो । यो सबै राजनीतिक प्रणालीमा आएको फेरबदलले हो भन्ने कुरालाई लेखकले आँखा चिम्लेका छन् ।
- राजनीतिक पार्टीको तीखो आलोचना गर्ने लेखकले खासमा ती पार्टीले के गरिदिदा राम्रो होला भनेर सुझाएका छैनन् । दलित विषयलाई वर्गीय समस्याको रुपमा हेर्ने र आमूल परिवर्तनको अपेक्षा गर्न राजनीतिक पार्टीलाई समेत दलित विषयमा सिर्जनशील नबनेको आरोप लगाएका छन् तर त्यो सिर्जनशीलता भनेको कस्तो हुनुपर्ने हो लेखमा बुझिदैन ।
- एन जि ओ ले दलित आन्दोलनलाई कमजोर बनाउने र सुधारवादी भाषमा लैजाने विचार राख्ने लेखकले अन्त्यमा सोहि प्रकृतिको संस्थाको अपेक्षा गरेका छन् । अगाडी उनले भनेको एन जि ओ र पछाडी कल्पना गरेको जागरणमुखी संस्थाबीच के फरक हुन्छ भनेर जो कोही पाठकमा प्रश्न उठ्दछ ।
- उनले धार्मिक सुधारवादी धार र अम्बेडकर पन्थी धार पनि दलित समुदायलाई ठिक नरहेको उल्लेख गरेका छन् । विशेषगरी अम्बेडकरले दलित मात्र नभइ मजदुर, जातजाति, महिलालाई एकिकृत गरेर अगाडी बढाउन खोजेका थिए तर त्यो सुधारवादमा फसेको उनको आरोप छ । के वर्तमान दलित एक्लैको वा संगठीत वर्गीय आन्दोलनको आवश्यकता हो भन्ने विषयमा लेखकले खुलाएका छैनन् ।
- उनले दलितहरुको राजनीतिक एजेण्डालाई सतहमा ल्याएको देखिन्छ । भारतीय समाजशास्त्री ब्लमचभ द्यभतभष्ििभ भन्दछन् दलितको विषय भारतमा केहि दशकसम्म यो राजनीतिक एजेण्डा भन्ने रहिरहन्छ तर समाजमा दलितलाई हेर्ने दृष्टिकोणमा भने धेरै नै खुकुलोपन आएको छ । तर आहुतिको लेखले समाजमा देखा परेको विभिन्न परिवर्तन र जसमार्फत दलित समुदायको स्तरोन्नतिको प्रक्रियामा प्रोफेसर चैतन्य मिश्रको भाषामा आखा चिम्लिएको देखिन्छ ।
- उनले दलित समुदायको एक प्रमुख आवश्यकता भूमि माथिको स्वामित्व अनिवार्य भएकोमा जोड दिन्छन् । तर हाल वर्गीय असमानताको स्रोत भुमिभन्दा पनि शिक्षा, रोजगारीको अवसर, सामाजिक पहँुच हुन् । त्यसकारण क्रान्तिकारी भूमिसुधार जस्ता अमूर्त कुरा गर्नुभन्दा तत्कालीन रुपमा उपलब्ध हुनसक्ने र दीर्घकालीन महत्वका शिक्षा, रोजगार जस्ता कुराको माग गर्नु जायज होला ।
- लेखमा दलितहरुको राज्यको मुल प्रवाहिकरणमा समाहित हुने उपाय के हुन सक्छ ? सकारात्मक विभेद अन्तर्गत आरक्षण, विशेष अधिकार वा कोटा प्रणाली के हो लेखमा ठोस रुपमा भेटिदैंनन् ।
- लेखमा प्रयोग गरिएका केहि शब्दको ठोस अर्थ भेंटिदैंनन् । जस्तै मुक्ति, सामन्ती, अर्ध सामन्ती, परिवर्तन, समानता, सिर्जनशीलता, न्यायोचित प्रतिनिधित्व जस्ता शब्द राजनीतिमा निकै प्रयोग हुने गरेता पनि त्यसलाई सामाजिक सुचकको रुपमा स्थापित गर्न लेखकले सकेका छैनन् ।
No comments:
Post a Comment