भुकम्प प्रभावित गाउँमै पुगेर वकिलहरुले गरे राहत वितरण

विभेद बिरुद्ध  अभियान ।बैशाख ३० ,काठमाडौं : गोरखाको आँपपिपल, पाथीभरा, जलजले र लिगलिग कोटका भूकम्पबाट पीडित कथित दलित समुदाय र जनजातिहरुलाई डेमोक्रेटिक लयर्स एशोसिएसनले एक महिना पुग्ने राहात सामाग्री वितरण गरेको छ।
करिब सय घर धुरीलाई राहात सामाग्री वितरण गरिएको हो। उनीहरुलाई गाउँमै पुगेर चामल, दाल, चिनी, नुन, तेल, साबुन, ब्रस, मञ्जन र महिलाका लागि प्याडलगायत सामाग्री वितरण गरिएको जानकारी एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले दिए।
उनका अनुसार भूकम्पबाट घर ढलेपछि विपतमा परेका समुदायलाई लक्षित गरी राहात सामाग्री उपलब्ध गराइएको थियो।
'राहात सामाग्र पीडितकै हातमा परोस् भनेर भुकम्प प्रभावित गाउँमै पुगेर वितरण गरेका हौं। एक महिनाका लागि पुग्ने खाद्यान्न र अरु आवश्यक सामाग्री दियौं‌', उनले भने, 'राहात पाउनेमा अधिकांश दलित एवं जनजाति समुदाय छन्।'
राहात दिन अध्यक्ष घिमिरेको नेतृत्वमा महासचिव, मेघराज पोखरेल, सचिव, पूर्णप्रकाश बस्नेत, सदस्य विष्णुप्रसाद ढकाल, पूर्व डिएलए अध्यक्ष शेरबहादुर केसी, न्याय परिषद्का पूर्वसदस्य उपेन्द्रकेशरी न्यौपाने र गोरखा कांग्रेसका उपसभापति मोहन पोखरेलसहित प्रभावित क्षेत्रमा पुगेका थिए।

No comments:

Post a Comment