दलित वर्गको वास्तविक शुभचिन्तक काङ्ग्रेस : सुजता परियार

विभेद बिरुद्ध अभियान । स्याङ्जा, ३ जेठ।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजता परियारले काङ्ग्रेस दलित वर्गको वास्तविक शुभचिन्तक भएको बतएकी छन्।उनले हरेक जातजातिको सम्मान र अधिकारका लागि प्रतिबद्ध रहेको बताइन्।
शुक्रबार पोखरामा आयोजित नेपाली काङ्ग्रेस नगरस्तरीय कार्यकर्ता भेलामा केन्द्रीय सदस्य परियारले पुतलीबजार नगरपालिका वडा नं.१२ सुम्रैखोलादेखि दरौं, पञ्चमूल हुँदै पर्वतको लिमिठानालाई गिरिजाप्रसाद मार्ग निर्माण गर्न प्रतिबद्धता जनाइन्।
भेलामा नेपाली काङ्ग्रेसका सभापति कमलप्रसाद पंगेनी, पूर्व सांसद खगेन्द्रराज रेग्मी, महासमिति सदस्यहरू जगतबन्धु अर्याल, राजु थापा, हिरादेवी शर्मा, कल्पना तिवारी, नेपाली काङ्ग्रेसका कोषाध्यक्ष मधुसुदन गैह्रे, सहसचिव नन्दाकुमारी लम्साल, पूर्व सभापति श्रीप्रसाद र्घर्ति, नेतृ देवी अर्याल र सरस्वती तिवारी, मुस्लिम सङ्घका केन्द्रीय सदस्य मुन्न्ाा शेख, अनुवर अलि, दलित सङ्घका अध्यक्ष लीलबहादुर रनपाल, तरुण दलका यामबहादुर केसी, भूपू सैनिकका शतिशकुमार श्रेष्ठ, दुर्गाबहादुर रोका, तारा मल्ल, कर्मवीर नेपाल, गोपाल लम्साल, शैलेन्द्र सापकोटालगायतले नेपाली काङ्ग्रेस साझा पहिचान र  लोकतान्त्रिक संविधान निर्माणमा प्रतिबद्ध रहेको बताए।
पुतलीबजार नगर सभापति बेदप्रसाद दोरंगाको अध्यक्षतामा सम्पन्न सो भेलामा उपसभापति महेशबहादुर थापा गणेशले स्वागत र सचिव विष्णु श्रेष्ठले सञ्चालन गरेका थिए।
नेपाली काङ्ग्रेसको एक महिने सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत स्याङजाका लागि नेपाली काङ्ग्रेसका कन्द्रीय सदस्य सुजता परियार स्याङ्जा आएको नेपाली काङ्ग्रेसले जनाएको छ।
स्रोत:- आदर्श समाज

No comments:

Post a Comment