दुवैपक्षका अभिभावकहरुको सहभागीतामा अन्तरजातिय विवाह

विभेद बिरुद्ध अभियान ।सिरहा, जेठ ६ – अभिभावककै मञ्जुरीमा एक जोडीले अन्तरजातीय विवाह गरेका छन् । सिरहा कर्जन्हा–२ का उमेश महरा र ललितपुर, गोदावरीका अनिता रम्तेलले अभिभावककै सहमतिमा अन्तरजातीय विवाह गरेकी हुन् ।
एक वर्ष अघि भएको चीनाजान प्रेममा परिणत भएपछि दुवैजनाले आफ्ना अभिभावकलाई जानकारी गराएको अनिताले बताइन् । उनले भनिन्, ‘हामी दुवैको एक वर्ष अघि चिनाजान भएको थियो, त्यो चिनाजान विस्तारै दुवैविच निकटता बढेपछि हामीले अभिभावकलाई जानकारी गराएर उहाँहरुकै सहमतिमा आफूहरुले विवाह गरेको हो ।’
कर्जन्हाका उमेश र ललितपुरकी अनिताविच उमेशकै छिमेकी गाविस वडहरामालमा रेहेको एक निजी विद्यालयमा चिनजान भएको थियो । त्यहाँ शिक्षिकाको रुपमा काम गर्दैआएकी अनिता र उमेशको चिनजान भएको एक वर्ष पछि विवाह भएको हो । दुवैजनाले सुनको औंठी साटासाट गरेर विवाह गरेको बताए ।
दुवैजना लेख पढ गरेको आफैले सवै निर्णय लिन सक्ने भएकाले छोरीको रोजाईलाई आफूले पनि समर्थन गरेको अनिताकी आमा निरु रम्तेलले बताइन् । उनले भनिन् , ‘दुवैजना सक्षम छन्, उनीहरुले आफ्नो भविष्यको वारेमा सोच्न सक्ने भईसकेको छ । त्यहीभएर पनि हामीले छोरीको रोजाइलाई सदर गरेका हौं ।’
दुवै परिवारले वरावरी खर्च लगाएर सिरहामै विवाह गरेको उनीहरुले बताए । भुकम्पका कारण ललितपुरमा बस्न सक्ने अवस्था नभएकोले यही आएर विवाह गरेको अनिताकी आमा निरु रम्तेलले बताइन् ।
‘मलाई छोराको विवाहमा दहेज लिन्छु भन्ने कुनै लोभ थिएन, झन छोराले आफ्नै रोजाइँमा अरुनै जातकी पढेलेखेकी बुहारी ल्याउने भएपछि म साह्रै खुसी छु,’ उमेशका बुवा बहादुर महराले प्रशन्नता व्यक्त गरे । उनले भने, ‘म गाउँमा सधै दाहेज र जातपातको विरोधी रहँदै आएको थिएँ, आज झन छोराले यस्तो विवाह गर्ने भन्दा मैले रोक्नै कुरै आउँदैन ।’
उनीहरुको विवाहमा दुवैपक्षका अभिभावहरु सहभागी भई उनीहरुको सफल दामपत्य जीवनको शुभकामना दिएका थिए ।
यता दलित अगुवा शिवकुमार महराले यो विवाह जिल्लाको लागि नमुना भएको बताए ।
उमेश विराटनगरस्थित एक प्राविधीक शिक्षालयमा ओभसियरको पढाई गरिरहेका छन् भने अनिता गाउँकै एक नीजी विद्यालयमा पढाउने काम गर्छिन् ।

No comments:

Post a Comment