पानी घट्टले भागन्ते सार्कीको फेरियो जीवन शैली

विभेद बिरुद्ध अभियान । जाजरकोट , बैशाख ३१–यहाँको एक गरिव परिवारका लागी पानी घट्ट वरदान सावीत भएको छ । जिल्लाको लहँ गाविस वडानं. ४ का भागन्ते सार्कीको घरमा अछिता गर्ने सम्मको अन्न नहुँदा दैनिक मुस्किल पदै आएको थियो ।उक्त परिवार केही समय अघि पश्चिम उच्च पहाडी गरिवी निवारण आयोजना (उपाप)को पहलमा लहँ गाविसमा सामुदायिक लगानी योजना अन्तरर्गत रहेर सुधारिएको पानी घट्ट माग गरी नियमित प्रयोगमा ल्याएपछि उनको जीवन शैली फेरिएको छ । अहिले उनी दिनभरी घट्टवाट रु ४ सय देखि ६ सय सम्मको आम्दानी गरी आफु श्रीमति लगाएत छोराछोरी ७ जनाको परिवारलाई खाना पुग्ने गरेको खुसी सवैलाई बाँड्छन् । खानावाट वचेको अन्न वाट वालवालिकालाई विद्यालय पठाउन कापी कलम किन्ने गरेको उनले बताए । 
हाल उनलाई आम्दानीको श्रोतको रुपमा उपापको आर्थीक सहयोग गरी निर्माण गरेको घट्टले परिवार पाल्ने देखी दैनिक आवश्यकता पुर्ती गर्ने भरपर्दे साधन भएको छ । यस गाँउमा पिठो पिस्नकै लागि दुई घण्टाको वाटो हिड्नु पर्ने र घट्टमा दिनभरी विताउनु पर्ने वाध्यता हटेकोमा स्थानियहरु खुसी भएका छन् । यहाँ घट्ट टाढा भएका कारण वर्षातको समयमा पहिरो आउने र वाटोमा ढुँगा खस्ने भएकाले डरैडरमा काम घट्ट पिस्नु यहाँका स्थानियहरुको समस्य हल भएको राधीका रावलले जानकारी दिइन् । यस लहँ गा.वि.स पिछडिएको तथा दुर्गम गा.वि.स.को रुपमा चिनिन्छ । 
यस गा.वि.स.मा विभिन्न जातजातीका मानिसहरुको वसोवास रहेको छ । यहाका अधिकाशं मानिसहरु वेरोजगार रोग भोक तथा गरीवी लगाएतका समस्याको सामना गर्दै जीवन निर्वाह गर्दै वाँचिरहेका छन । यहाँका मानिसहरुको मुख्य पेशा कृषि पशुपालन भएपनि परम्परागत खेती गर्दै आईरहेका मानिसहरुमा उव्जनी कम भएको कारण एक वर्ष भरिमा हातमुख जोर्न धौ धौ पर्दछ । विपन्न तथा अति विपन्न घरपरिवारलाईत तीन महिना सम्म मात्र खाना पनि कठिनाई छ । विपन्न परिवारको नत प्रशस्त जग्गा जमिन छ न भएको थोरै जग्गालाई सही सदुपयागे गर्ने वानी र क्षमता नै छ । घरपरिवार संख्या वढी जग्गा जमिन कम भएको जग्गा जमिनमा केहि उत्पादन गरौ भन्ने चेतना पनि नभई खाली हुने गर्दछ । उपापले गरिवी न्यूनिकरणका लागी जाजरकोटमा करोडौ लगानी गदै आएको छ ।

No comments:

Post a Comment