'सास त भेट्दिन होला लाश भए पनि निकाल्छु'-चन्द्रबहादुर सार्की

विभेद बिरुद्ध अभियान
२५ बैशाख, २०७२
मलेसिया- सिन्धुली ढकालगाउँ दमारका चन्द्रबहादुर सार्की वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया छन्। १२ गतेको महाभूकम्पमा परी उनले ४ सदस्य गुमाए। यो खवरसँगै मलेसियामा उनी अर्धचेत अबस्थामा छन्। - भुकम्प गएकै दिन राती आठ बजे उनको मोबाइलमा घण्टी बज्यो उनले मोबाइल रिसिभ गर्नासाथ १३ बर्षिया छोरी शर्मिलाले रुदै भूकम्पको खबर सुनाइ नसक्दै चन्द्रबहादुर बेहोस् भएर गर्ल्याम्मै ढले। होसमा आएपछि घरमा फोन गरे। छोरीले फेरी त्यही शब्द दोहोर्या इन। जन्मदिने १ सय २ बर्षिया आमा चन्द्र्रमा,४५ बर्षिया जीवन संगीनी चिनामाया र माइजु भुकम्पमा परी घरले च्यापीएपछी उनको मन बेचैन भयो। मलेसियाको राजधानी क्वालालाम्पुरमा केही दिन भौतारिए। अनि नेपाली दुतावासको शरणमा पुगे। पैसाका नाममा एक रिङ्गेट खल्तीमा नभएका उनलाई अबैधानिक नेपालीलाई घर पठाइरहेको यहाँको अध्यागमन बिभागका पूर्व कर्मचारीको संगठन कोपरासीले निःशुल्क घर पठाउँदै छ। 
उनलाई आजभोली कोपरासीले नै खाना र बस्ने सुविधा दिएको कोपरासीका कर्मचारी राजसिंह ठकुरीले बताए। उनलाई नेपाल पठाउन सबै कागजात पुरा भैसकेकाले अब केही दिनमै नेपाल पठाउने कोपरासीका नेपाली प्रतिनिधी हरि भट्टराईले नागरिकन्युजलाई बताए। घरमा दिनहुँ सम्पर्क गरेको र कसैले उद्दार नगरेको खबर आउने उनले बताए। 'भुइचालो गएर मान्छे च्यापीएको १४ दिन भैसक्दा पनि कसैले निकालेका छैनन् भन्ने सुनेको छु। 'उनले नागरिकन्युजसंग भने,'अब आफै गएर श्रीमती,आमा र माइजुलाई भत्केको घरबाट निकाल्छु।'उनले भग्नावषेश घरमा च्यापीएका आफन्तको सास भेट्ने कल्पना सम्म गरेका छैनन्। 'सास त भेट्दीन लाश भएपनि निकाल्छु' उनले भने। 
१४ दिन बितिसक्दा पनि पुरिएकालाई ननिकालेकोमा सरकार प्रति उनको गुनासो छ। घरमा रहेका अभिभावक घरसंगै पुरिएपछी उनका दुई छोराछोरीको बिचल्ली छ। १३ बर्षिया छोरी शर्मिला र ११ बर्षको छोरा सिताराम भत्केको घर मुनीको कान्लामा भोकभोकै बसिरहेको उनले बताए। 

साभार :- नागरिक

No comments:

Post a Comment