पीडा माथि पीडा , दयालु हातको प्रतीक्षामा

विभेद विरुद्ध अभियान ।जेष्ठ ४-बालकृष्ण समले भने जस्तै भएको छ दतीराम दर्जीको परिवारको दैनिकी अहिले । दुःखीको घरमा मात्र बास हुने भए ईश्वर दया गरि अझ दुःख दे । अहिले यिनै पंक्तिहरु पर्याय बनेर उभिएका छन् दतिरामका परिवारका लागि । 
दतिरामको बनिबुतोमा आश्रित ११ जनाको परिवारको अहिले विचल्ली बनेको छ । ७१ बर्षीय दतिरामलाई वैशाख १२ को महाविनाशकारी भूकम्पले चुडेर लगेपछि उनको परिवार शोकमा मात्र छैन एक पछि अर्को गर्दै विपत्तिको बज्रहरुको घुट्की पिउदै आएको छ । यी ७१ बर्षीय दतिराम दर्जी , जस्लाई भूकम्पले उनकै ईश्वरको काखमा पु¥यायो । कपडा सिलाईको काम गरेर आफ्नो जिवीका निर्वाह गर्दै तिनभाई छोरासहित ११ जनाको परिवारको पालनको यिनै वृद्धाको जिम्मामा थियो । 
तर बिनाशकारी भुकम्पमा परि उनको निधन पछि यो परिवार शोकमा मात्र परेको छैन्न अव कसरी हातमुख जार्ने भन्ने चिन्ताले च¥याइरहेको छ उनीहरुलाई । गरीब यो दर्जी परिवारको धेरै जग्गाजमिन पनि छैन , सिलाई गरेर कमाएको केहि सम्पत्ति तथा अन्नउपज पनि भत्केको घर संगै पुरिएको छ । उनको निधन पनि त्यत्तिकै दर्दनाक र रहस्यमय रहयो । उनका परिवारका अनुसार भुकम्प पश्चात घरको भित्ताले च्यापिएर उनी तत्कालीन अवस्थामा सामान्य घाईते बने । उनको घरदेखि ३० मिटरको दुरीमा क्षेत्रीय स्तरको अस्पताल समेत रहेको छ । जहाँ अझै पनि भुकम्पका कारण दर्जनौ घाइतेको उपचार भैरहेको छ । उनलाई त्यही सम्म पनि पु¥याउन उनैमा आश्रित परिवारजनले कुनै चासो समेत देखाएनन् । भुकम्पका कारण यस क्षेत्रमा ठुलो सङख्यामा मानिसहरु हताहत बनेका थिए । यसको केहि घण्टा भित्र नै घाईतेहरुको उद्धारका लागि दुईपटक सम्म हेलिकप्टर आयो र यिनै दतिराम दर्जीको घरभन्दा २५ मिटरको दुरीबाट दर्जनौ घाईते लिएर काठमाण्डौ उड्यो ।
 न त उनका परिवारले कसैलाई उनको अवस्था बारे जानकारी गराए न त समाजले नै समेत उनी घाइते भएको थाहा पाए । छात्तीमा गम्भीर असर पुगेको कारण तिन दिन पछि उनको निधन भयो । सरकारी तथा अन्य गैरसरकारी संघसस्थाहरुले उनको परिवारमा केहि राहत त पु¥याएका छन । यहि स्थानबाट रोजगारीका लागि कतार पुगेका युवाहरुको सस्था सल्यान्टार कतार सम्पर्क समाज तथा युएसएआईडीको सहयोगमा सञ्चालित हरियो बन कार्यक्रमका प्रतिनिधिहरुले उनीहरुलाई केही खाद्यान्न तथा अन्य सामग्रीहरु राहत स्वरुप प्रदान पनि गरेका थिए । क्षणिकका लागि केहि राहतहरु पाएतापनि आफ्नो परिवार पाल्दै आएका अभिभावकको निधन पछि परिवारको पालन कसरी गर्ने भन्ने बारेमा उनीहरु स्तव्ध देखिन्थे । हुर्किसकेका भएता पनि उनका छोराहरुमा कुनै सिप नभएकोले यि वृद्धालाई परिवारको थप चिन्ता थपिको छ । दर्जीको दुःखद अवसान यो परिवारका लागि विपत्ति बनेर बज्रिएको छ । सदैव उनैमा आश्रित यो परिवारले उनको उपचारमा भने देखाएका उदासीनताका कारण थप छटपटिएको छ । दैवले दत्तिरामलाई लगेर छाड्यो तर दत्तिरामका परिवारमाथि दया देखाउन भने दयालु हातहरुको दान भने आवश्यक छ । 
साभार # न्युज२४

No comments:

Post a Comment