हेल्प राईज फोरम नेपाल र मार्फोनको सयुक्त सहयोगमा राह्त बितरण

२६ वैशाख, विभेद बिरुद अभियान  ।
सागर श्रेष्ठ, भोटसिपा, सिन्धुपाल्चोक । गत वैशाख १२ गते गएको महा भुकम्पमा परी नेपालको राजधानी लगाएत देशको विभिन्न जिल्लाहरुमा ठूलो मात्रामा धनजनको क्षति भएको छ ।
सबै भन्दा बढी प्रभावित भएको जिल्ला हो सिन्धुपाल्चोक । अहिले सम्म ३८४० भन्दा बढीको मृत्यु भईसकेको छ भने हजारौंको संख्यामा घाईते भएको छ र दर्जनौ हराईरहेको छ ।
सिन्धुपाल्चोकको अधिकांस गा.वि.स.हरुमा सरकारको राहत दाल, चामल र केही ठाउँमा त्रिपाल पुगे पनि प्राय गा.वि.स.हरुमा राहत पुग्न सकेको छैन । स्थिानिय पिडितहरुको आक्रोस छ । झण्डै भूकम्प गएको २ हप्तामा मृत्यु भएका घरहरुको परिवारलाई कृयाखर्च स्वरुप ४० हजार बाँडिएको छ । हेल्प राईज फोरम नेपालले विशेष गरि अष्ट्रेलियाको मार्फोन भन्ने कम्पनिको सहयोग र एविसि टेलिभिजन र न्यूज अभियान डटकमको सुपरभिजनमा सिन्धुपाल्चोक जिल्लाको भोटसिपा गा.वि.स.को वडा नं. ५ स्थित पाटिगाउँका दलितहरु करिब १०० जनालाई त्रिपाल, चामल, चिउरा, दाल, नुन, तेल, चाउचाउ आदी वितरण गरेको छ । उक्त समयमा हेल्प राईज फोरम नेपालले स्थानिय पिडितहरुको स्वास्थ्य चेक जाँच गरि आवश्यक औषधीहरु पनि वितरण गरेको थियो । 
राज्यको उपस्थिति न्यून रहेको स्थानमा त्यसमाथी दलित वस्तिमा राहत बाँड्न पाएकोमा हेल्प राईज फोरम नेपालका आईसिसि प्रवक्ता श्याम शंकल्पले धेरै खुसी व्यक्त गर्नु भयो । २ जना गर्भवतीलाई समेत स्वास्थ परिक्षण गराएर राहत बाँड्दा झन जिवनमा केही गरेको महशुस भएको वहाँले वताउनु भयो । त्यसै गरि हेल्प राईज फोरम नेपालका नेपाल शाखाका अध्यक्षले अहिले ल्याएको राहत पर्याप्त नभएकोले पुःन छिटै त्यस स्थानमा राहत ल्याई दलित बस्तिका सबैलाई बाँड्ने वताउनु भयो । स्थानिय पिडितहरु पहिलो पटक त्रिपाल पाएकोमा अत्यन्त खुसी देखिन्थ्यो । - साभार #न्युज अभियान 

No comments:

Post a Comment