चर्किएको घरभित्र सुतेका बिर्खबहादुर नेपालीको मृत्यु

चरिकोट(दोलखा), वैशाख २३ - दोलखा जिल्लामा चर्किएको घरमा सुतेका एक पुरुषको पुरिएर बुधबार मृत्यु भएको छ ।
बुधबार बिहान आएको भूकम्पबाट चर्किएको घरभित्र सुतेका बिगु गाविस–२ का ५६ वर्षीय बिर्खबहादुर नेपालीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक अजय केसीले जानकारी दिए । क्षतिग्रस्त घर बुधबार बिहान चार वजेतिर आएको सानो भूकम्पको धक्काले भत्किन पुगेको थियो ।
यसैगरी बाबरे गाविस–४ का ५४ वर्षीय ज्ञानबहादुर बुढाथोकीको शव उनकै घरमा पुरिएको अवस्थामा भेट्टिएको प्रहरीले जनाएको छ । योसंगै दोलखामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ भने घाइतेको सङ्ख्या ३०२ रहेको छ । रासस

No comments:

Post a Comment