होटल खोलि यौनधन्दा गराउने बिक दम्पति पक्राउ

विभेद बिरुद्ध अभियान , बुटवल, १३ जेठ । देवदह खैरेनीकी २४ वर्षीया पूजा (नाम परिर्वतन) सापकोटा आफ्ना श्रीमान्लाई पार्लरमा जागिर खान्छु भन्दै बिहान नौ बजे घरबाट हिँड्छिन् । बेलुकी पुनः घर फर्किन्छन् ।मतीको राम्रै कमाई भएकाले होला उनका श्रीमान्ले उनलाई कहिल्यै चिओ गरेनन् । गरे त केवल विश्वास, आशा अनि भरोसा । त्यो पनि निरन्तर एक वर्षसम्म ।तर, उनकी श्रीमती पूजा उनले आशा, विश्वास र भरोसा गरे अनुसार चलिनन्, व्युटीपार्लरमा जागिर पनि खाइनन् । खाइन् त जागिर एक होटलमा ग्राहक रिझाउने । ग्राहकलाई सन्तुष्टि पार्ने, अझ भनौ उनी यौनकर्मीको रूपमा काम गरिन् ।आफ्नो माइत सालझन्डी बताउने पूजा बुधबार प्रहरीले होटलमा छापा मार्दा उनी भेटिइन् । तब पूजाको वास्तविकता थाहा भयो । पूजा यतिबेला इलाका प्रहरी कार्यालय बुटवलको चिसो कोठामा छिन् ।

उनी मात्र होइन, किताब र कापी च्यापेर स्कुल जाने उमेरकी १६ वर्षीया सन्तोषी र १६ वर्षकै रमिता परियार पनि यौनकर्मीका रूपमा काम गरेको फेला परेपछि सोधपुछका लागि इलाका प्रहरी कार्यालयमा लगिएको छ । यी दुवै युवतीले आफ्नो ठेगाना प्रहरीसमक्ष बुटवलको बुद्धनगरमा बताएका छन् ।वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक केदारनाथ पन्तको नेतृत्वमा गएको प्रहरी टोलीले धौलागिरी होटलमा छापा मार्दा एक जोडी कोठाबाट र अन्य युवती तथा होटल सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको हो ।
धौलागिरी होटलको नामबाट यौनधन्दा गरेपछि सो होटललाई होटल तथा रेस्टुरेन्ट व्यवसायी संघले यस्तै अनैतिक कार्य गरेको भन्दै साधारण सदस्य नरहनेगरी निष्काशन गरेको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघले जनाएको छ । पटकपटक यस्तो क्रियाकलाप गर्ने गरेको भन्दै संघले सदस्य नै नरहने गरी हटाएको हो ।
प्रहरीले यौन क्रिडास्थलमा छापा मारी दुई सय ७९ वटा कन्डम फेला पारेको छ । ग्राहकहरू त्यहाँ जाँदा होटलले सु्विधा भन्दै निःशुल्क कन्डम दिने गरेको भेटिएको हो । पसल सञ्चालक इमबहादुर विक र उनकी श्रीमती कमला विकलाई प्रहरीले बारम्बार पक्राउ गर्दै यस्तो कार्य नगर्ने भन्दै छाड्दै आएको थियो । अहिले पनि होटल सञ्चालक दुवै प्रहरी नियन्त्रणमा रहेका छन् ।उनीहरूकी एक छोरी छन् । उनकी छोरी पनि सोही होटलमा नै बस्दै आएको भए पनि उनी भने यौनकर्मीको रूपमा काम नगरेको प्रहरीले जनाएको छ । होटलका भित्र दुई वटा कोठाका कुनाबाट प्रहरीले यौनसम्पर्क गरेपछि फालिएका कन्डमहरू पनि बरामद गरेको छ ।

No comments:

Post a Comment