भूकम्प पीडित दनुवार तथा दलित बालबालिकालाई लिटो वितरण

bhukampa-rahat-dalit-danuwar2काठमाडौं, ९ जेष्ठ , विभेद बिरुद् अभियान।अति पिछडिएका तथा दलित समुदायका भूकम्प पीडित बालबालिकाहरुलाई कुपोषणविरुद्ध विश्वस्वयंसेवी कार्यक्रमअन्तर्गत पोषणयुक्त आहार लिटो वितरण गरिएको छ ।
नेपालका पोषणविद् तथा डाईटिसियनहरुको संगठन “नाडान” मार्फत काभ्रेको पाँचखाल नगरपालिकाका तीनपिप्ले, पिपलटार र बालुवा गाउँका दनुवार बालबालिकालाई गत ६ गते लिटो वितरण गरिएको हो ।

सोही दिन ललितपुर र मकवानपुरको सीमावर्ति गाउँ धुखुछापका दलित बालबालिकालाई पनि लिटो वितरण गरिएको थियो । उनीहरुले ३ सय बढी बालबालिका लागि लिटो वितरण गरेका थिए ।

भूकम्पका कारण जोखिममा परेका बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरेर उत्पादन गरिएको सो लिटो ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित छ । १ केजी को पाकेटमा रहेको सो लिटोले ५ देखि ७ दिनसम्म पुग्ने अनुमान छ ।
भूकम्प पीडित बालबालिकाहरुलाई कुपोषणबाट जोगाउन विश्व स्वयंसेवी कार्यक्रमको सहयोगमा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानका पोषण विज्ञानका विद्यार्थीहरुको भूकम्प पीडित बालबालिका लागि राहत कार्यक्रमले उत्पादन गरेको हो ।
लिटो उत्पादनका लागि उनीहरुलाई नेपाल साउदी हेल्पिङ हेन्ड्स र अमृत सृजनशील समाज धरान १५ ले आर्थिक सहयोग गरेका थिए ।
सो पोषणयुक्त आहार लिटो वितरण गर्ने क्रममा पोषणविद् र डाईटिसियनहरुको समुह नाडानले अन्यलाई दाँत मोल्ने ब्रस, दन्तमञ्जन, पियुष, सरसफाईका सामाग्रीहरु लगायत पनि प्रदान गरेको थियो ।उनीहरुले गर्भवती महिला तथा नानीका आमाहरुलाई स्वास्थ्यसम्बन्धी परामर्श पनि दिएका थिए ।
साभार : इसमता 

No comments:

Post a Comment