महाभुकम्पबाट गुल्मीको अति प्रभावित ७ विपन्न परिवारलाई पुनरवास

विभेद बिरुद अभियान , गुल्मी बैशाख २६। बैशाख १२ गतेको महाभुकम्पबाट गुल्मीको अति प्रभावित गाविस खड्गकोट, भुर्तुङ्ग र फोक्सीङ्गका अति विपन्न परिवारका भुकम्प पिडितहरुलाई गुल्मी केयर विश्व सञ्जालले पुनरवास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरे अनुरुप उसले तयार पारेको स्थलगत रिर्पोट यस प्रकार रहेको छ ।
त्यस संस्थाको बिशेष जिल्ला प्रतिनिधीका रुपमा प्रेम सुनार र गुल्मीकै वस्तु निवासी नारायण प्रसाद भण्डारी स्थलगत अध्यान टोलीमा खटिएका हुन् । स्थानियतहमा समन्व्यकर्ता तिगाविसका सचिवहरु सहित राजनैतिक दलका प्रतिनिधीहरु, वडा नागरिक मञ्चका संयोजकहरु र भुर्तुङ्ग प्रहरी चौकी प्रमुख प्रहरी हवल्दार पशुपति वोहरा समेत संग समन्व्य गरी टोलीले प्रतिवेदन तयार पारेको हो ।टोली त्यहाँ पुग्नु पुर्व जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे र सदस्य सचिव रहेका स्थानिय विकास अधिकारी डिलाराम पन्थीलाई जानकारी गराईएको र उहाँहरुले स्थानिय राजनैतिक संयन्त्र संग समन्व्य गरेर विपन्नहरुको उद्धार कार्यमा जुटन् सुझाव दिनु भएको थियो ।सोही अनुरुप त्यहाँको संयन्त्र संग समन्व्य गर्दा खड्कोटमा ४ घर परिवार, भुर्तुङ्गमा २ र फोक्सीङ्गमा १ गरी ७ वटा विपन्न परिवार छनौट गरिएको छ ।
१. खड्गकोट
१ सखर डाँडाका टिकाराम नेपाली  ४ भाई छोरा मध्ये परिवार पाल्ने आश राखेका छोरा सुरेश नेपालीको हड्डी भित्रको मासी, नसा सुक्ने वोनमारो भन्ने विमारले खाडिएर क्यान्सर अस्पताल भरतपुरमा उपचार गराउँदै । उनको उपचारमा झण्डै चार लाख लाग्ने । त्यो रकम जुटाउन उनको सवै सम्पत्ती बेचे पनिनपुग्ने । १३ जनाको परिवार पाल्न उनै ६९ वर्षिया बृद्ध टिकारामले अरुको हलो कोदालो गर्छन् । अन्यतिन छोराहरु भरतको मजदुरीमा हिडेका फर्केर हेरेका छैनन् । मुस्कीलले तिन महिना खाना पुग्ने वारी रहेको छ । जसको घर गोठ भत्केर अहिले सानो खरको छाप्रोमा वसाई छ । स्थानिय राजनैतिक संयन्त्रले पनि उनलाई सिफारिस गरेको छ । त्यो परिवारको सम्पर्क नम्वरः–९८६७१७३८१३ रहेको छ ।
२–सोही वडाका मानबहादुर नेपाली ।
उनकीश्रीमति सहित स सानापाँच सन्तान । सम्पत्तीकानाममा एउटा वास मात्रै भए पछि दैनिकनिमेक मजदुरी गरेर जिविकाचलाउँदै आएका छन् । भुकम्पले घर भत्काईदिए पछि पाल टाँग्ने आफ्नो जमिन समेत नहुँदा कान्छा वुवा रत्नबहादुरको जमिनमागेर पाल टाँगी बसेका छन् । त्यो घडेरी वाहेक खुर्सानीलगाउने ठाउँ पनिउनको छैन् र आयश्रोत पनि केहि नभएकोले उनलाई स्थलगतअध्यान टोली र त्यहाँको संयन्त्रले सिफारिस गरेको हो । यस परिवारको सम्पर्क नम्वर –९८६७१५४१७५ रहेको छ ।
३–खडगकोट २ भुते देउरालीका यमबहादुर बिक ।
उनि वाल्यपनमा आगोमा परी दुवै हात डढेर अपाङ्ग व्यक्ति हुन् । तै पनिउनले आरने काम गरेर श्रीमति ३ छोरी , एक छोरा सहित ६ जनाको परिवार पालेका छन् । तिन महिना खान नपुग्ने उनको जमिन छ । छोरा छोरी कमाउन सक्ने भएका छैनन् । उनी एक्लैको कमाईले खान समेत मुस्कील छ । गाउँलेहरु जुटेर उनको परिवारलाई छाप्रो वारेर राखेका छन् । खुल्ला वारीमा चुलो बनाएर खाना पकाउने गरेका छन् । त्यस वडा नागरिक मञ्चकी संयोजक अप्सरा थापाले उनिहरुलाई कतैबाट सहयोग नभए घर बनाउन नसक्ने भएकोले गुल्मी केयर विश्व सञ्जालले सहयोग गरोस भन्ने आग्राह गरे अनुरुप उनलाई सिफारिस गरिएको छ । यो परिवारलाई ९८४४७७१६५५ वा ९८६७६२६३९१ म सम्पर्क राख्न सकिन्छ ।
४. खड्गकोटका चिन्तामणी ढकाल ।
श्रीमतिदुई छोरा सहित ४ परिवार । खरको छाना भएको घर भुकम्पले भत्काईदिए पछि उनिहरु पालमुनी बसेका छन् । ढकालले स्थानियतहमामजदुरी गरेर जिविकाचलाउँदै आएका छन् । उनको पनितिनमहिनाभन्दा बढि खानपुग्ने जमिन छ्रैन् । अन्यआयश्रोतको माध्यमपनि छैन् । यसर्थ उनले पनि घर बनाउन सक्ने अवस्थानभएकोले सिफासिर गरिएको छ । ढकाललाई ९८४४७०४०४१ म सम्पर्क राख्न सकिन्छ ।
५. भुर्तुङ्ग–५ , छापचौरका रुद्रबहादुर थापा ।
उनको पनिभुकम्पले घर भत्काई दिए पछि श्रीमति सहित एक छोराको अहिले पालको वास छ । पाल्ला भन्ने उमेरका जेठा छोरा ३ वर्षको उमेर मैं जेठा वुवा हर्कबहादुर संग वुटवल तिर्रै गएर वसेका छन् उनले फर्केर हेर्दैनन् । गाई भैसी पाल्ने र कृषि गरेर जिविका चलाउने उनको पनि तिन महिना खान नपुग्ने जमिनभएकोले घर बनाउन सहयोग गरी दिन भुर्तुङ्गका पुर्व गाविस अध्यक्ष गोपाल प्रसादश्रेष्ठ र भुर्तुङ्ग प्रहरी चौकी प्रमुख पशुपति वोहराले अपिल गरे अनुसार सिफारिस गरिएको छ ।
. सोहीगाविस वडा नम्वर ७ नेटाका रामबहादुर परियारको अवस्था छन् दयानिय छ । गतवर्षको वाढि पहिरोले घर मुनीबाट पहिरो गई विस्थापित भएका उनको ७जनाको परिवार छिमेकीको घरमा आश्रय लिएर बसेको थियो । त्यही घर पनिभुकम्पले भत्काई दिएपछि अहिले उनिहरु पालमा बसेका छन् । उनिहरुको गरी खाने जमिन समेत छैन् । त्यो परिावारलाई पनि त्यहाँको संयन्त्रले अति विपन्नमा राखेको छ । जसलाई यो अध्यान टोलीले पनि सिफारिस गर्दछ । त्यहाँका यि दुई जना पिडित संग सम्पर्क राख्नचाहे भुर्तुङ्ग प्रहरी चौकी प्रमुख पशुपति वोहराको मोवाईल नम्वर९८५६०२९४४५ मा सम्पर्क राख्नु होला ।
७. फोक्सीङ्ग २ लुङ्गदी दोवाटाका हर्कबहादुर बिश्वकर्मा ।
उनले ऋण काढेर भर्खर बनाएर पस्न थालेको घर भुकम्पले भत्काई दियो । जेठा छोरा विदेश गएर धोका पाए । उनि गएको ऋण समेत तिर्न नसकेर फर्के । अर्का छोरा सानै छन् । हर्क बहादुरकी श्रीमतिको मृत्यु भयो ।
फोक्सीङ्ग दलित जन जागरण मञ्चले हर्क बहादुरलाई घर बनाई दिने व्यक्तिवा सहयोगी संस्थाको खोजी गरे अनुरुप महाल वेलायतमा कार्यरत हसरा ७ नेटा निवासी हरि भट्टराईलाई उनको उद्धार गर्न आग्राह गरिएको छ । उहाँ र उहाँकीधर्म पत्नी मिन भट्टराईले करिव ८० हजार संकलन गरी सकेको र थप सहयोग जुटाएर त्यो विचल्लीमा परेको परिवारलाई घर बनाई दिने छलफल चलेकोले गुल्मी केयर विश्व सञ्जाल संग ६ वटा मात्रै विपन्न परिवारको घर बनाउन सिफारिस गरिएको छ । यो परिवारलाई मञ्चका सचिवच क्रबहादु बिश्वकर्माको मोवाईल नम्वर ९८४७४७४६८० मा सम्पर्क राख्न सकिन्छ । खड्गकोट ३ का वडा नागरिक मञ्चका संयोजक एवं सिकर्मी खमबहादुर थापाले जन श्रमदान, काठको सहयोग भए एक लाख सम्ममा ९ हात चौडाई र १५ हात लम्वाईको टिनले छाएको घर बन्न सक्ने बताएका छन् । एक तलापुर्ने । दुई वटा कोठा बनाउने । ठुलो कोठा तर्फ साईटमा एक छाले बनाएर भान्छा कोठा समेत बनाउन पुग्ने उनको अनुमान छ ।
घरहरु एकै नासका बनाउने सुझाव दिईएको छ । प्रत्येक वडामा उद्धार समिति गठन गर्न लगाईएको र छ र आधिकारीक रुपमा गाविसको सिफारिस पनि गराउन लगाईएको छ ।
स्रोत: गुल्मी टाइम्स 

No comments:

Post a Comment