दलित महिला संघ (फेडो) द्वारा राहत वितरण कार्य जारी- राजेन्द्र ताम्राकार

विभेद बिरुद्ध अभियान  ।
रामेछाप÷बैशाख २४, दलित महिला संघ (फेडो) ले भूकम्प पीडितका लागि सहयोगार्थ राहत वितरण गर्नेक्रममा विहीबार रामेछापको सुनारपानी गाविस हाल मन्थली नगरपालिकाका भूकम्प प्रभावित परिवारलाई राहत सामाग्री  वितरण गरेको छ । 

दलित महिला संघका सूचना तथा सञ्चार अधिकृत राजेन्द्र ताम्राकार, अनिश बस्नेत र रक्षा रिसालको नेतृत्व र फेडो रामेछापकी कोषाध्यक्ष देवकुमारी नेपाली, स्थानीय शिक्षक गुणराज बस्याल र दिलबहादुर अच्छामीको संयोजनमा राहत सामाग्री वितरण गरिएको हो । कार्यक्रममा मन्थली नगरपालिका– वडा नं. ८ र ९ का ४८ परिवारलाई राहत राम्रागी वितरण गरिएको छ । 
राहत प्याकेजमा दाल, चामल, नुन, तेल, म्याट्रेस, त्रिपाल, बाल्टिीन र प्राथमिक उपचारका लागि आवश्यक केहि औषधी वितरण गरिएको छ । दलित समुदायको बाहुल्यता रहेको सुनारपानीमा १५० बढी घरहरु पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् ।  



हालसम्म सरकारी राहत पुग्न नसकेको सुनारपानीका अधिकांश पीडित परिवार बारीमा त्रिपाल टाँगेर बसिरहेका छन् भने केही परिवार त्रिपाल समेत नपाएर खुला आकाशमुनी बस्न बाध्य भएका छन् । 
भूकम्प गएको दुइहप्ता बितेपनि अझैसम्म आफूहरुले सरकारी तथा अन्य गैर सरकारी क्षेत्रबाट राहत नपाइरहेको अवस्थामा आफूहरुलाई लक्षित गरी दलित महिला संघ (फेडो) ले राहत सामाग्री वितरण गरेकोमा निक्कै खुसी लागेको स्थानीय मसिनी सार्कीले बताइन् । 
खै हजुर सरकारले भूकम्प पीडितका लागि राहत वितरण गरिरहेको सुनिन्छ तर आजसम्म यहाँ कोही कसैले राहत लिएर आएका छ्रैनन् । भन्छन्, भूकम्पबाट घर पूर्णरुपमा क्षति भएर छिमेकीसंगै बारीमा त्रिपालमा बस्दै आइरहेका काजीराम पुरी । सुनारपानीमा आजसम्म एक दुइवटा संस्थाले केहि घरधुरीलाई राहतस्वरुप केही थान त्रिपाल दिएको तर त्यसपछि सरकारी तथा गैर सरकारी तबरबाट स्थानीयले कुनैपनि किसिमको राहत पाउन नसकेको बताउँछन् स्थानीय अधिकारकर्मी तथा शिक्षक गुणराज बस्याल ।
१५० घरधुरी दलित समुदायको बसोबास रहेको सुनारपानीका अधिकांश दलित परिवार भूकम्पले घर ध्वस्त बनाएपछि घरवारविहीन दलित परिवारलाई दलित महिला संघ (फेडो) केन्द्रमार्फत राहत सामाग्री वितरण गरिएको दलित महिला संघ (फेडो) रामेछापकी कोषाध्यक्ष देवकुमारी नेपालीले बताइन् ।
भूकम्प प्रभावित क्षेत्रका पीडितलाई राहत वितरण गर्ने सिलसिलामा भोलि बैशाख २६ गते रामेछापको पकरबास गाविसमा दलित महिला संघ (फेडो) रामेछापको संयोजनमा राहत वितरण गरिने कार्यक्रम रहेको रामेछापकी कोषाध्यक्ष देवकुमारी नेपालीले जानकारी दिनुभएको छ । 

No comments:

Post a Comment