पर्वत सेवा समाज युएईको सहयोगमा दलित र विपन्नलाई राहत वितरण

दुर्गाप्रसाद शर्मा /विभेद बिरुद अभियान । पर्वत , जेठ ९ -  रोजगारीका लागि खाडी मुलुक पुगेका पर्वतवासीहरुको साझा संस्था पर्वत सेवा समाज युएई (दुवई)ले भूकम्पमा घर भत्केर भौतिक क्षति भएका पर्वतको शंकरपोखरीका दलित र विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छ । 
पर्वत सेवा समाज युएई (दुवई )को सहयोगमा स्थानीय १ सय परिवारलाई चामल, दाल, तेल लगायतका सामग्रीहरु वितरण गरिएको हो । पर्वत जिल्लामा सामाजिक सेवामा  सहयोग गर्दै आएको समाजले हालैको भूकम्पवाट पीडितहरुलाई ९ लाख ३४ हजार भन्दा बढिको राहत वितरण गर्ने योजना अनुरुप शंकरपोखरीका दलित र विपन्नहरुलाई राहत दिइएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । 
पर्वत सेवा समाज युएईले जिल्लाका दुईवटा निर्वाचन क्षेत्रका ९÷९ गाविस गरी १८ वटा गाविसका पीडितहरुलाई राहत वितरण गरिरहेका छ । समाजले १ सय ६० परिवारलाई खाद्यान्न र १ सय ५० परिवारलाई एक/एक बण्डल जस्ता पाता वितरण गर्ने अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ । साथै सिन्धुपाल्चोक गोरखा र धादिङमा पनि ५०/५० हजार बराबरको राहत सामाग्री र लत्ताकपडा  वितरण गरेको थियो । 
राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद् अर्जुनसाद जोशीले राष्ट्रिय विपदको बेलामा राजनीतिमा क्रियाशील हुनुभन्दा पनि पीडितहरुको राहत र उद्धारमा सक्रिय हुनुपर्ने बताउनुभयो । निर्वाचनका बेला आफ्नो दल वा आफ्नो पक्ष विपक्ष भनेर विभाजन गरेपनि दुःखको वेलामा भने निष्पक्ष रुपमा पीडितहरुको सेवामा लाग्नुपर्ने उहाँको भनाई छ ।  
साभार : उजयालो 

No comments:

Post a Comment