६० वर्षीय वृद्धले पुलमा झुन्डिएर गरे आत्महत्या

विभेद बिरुद्ध अभियान । जेष्ठ ५-कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१० सनबोरा नदीको पुलमा झुन्डिएर ६० वर्षीय वृद्धले आज बिहान आत्महत्या गरेका छन् । नगरपालिका वडा नं ११ अमरपुरका करे दमार्इंले झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । 
पुलको बीचभागमा झुन्डिएको अवस्थामा शव देखेपछि आज बिहान स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । दमाईंले आत्महत्या गर्नुको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment