बीस दिनपछि बारपाकमा आमाछोरीको शब निकालियो

विभेद बिरुद्ध अभियान । गोरखाबजार, जेठ २ – गत वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पलगत्तै खसेको पहिरोमा पुरिएका आमाछोरीको शबलाई आज बिहान निकालिएको छ । छोरी प्रज्ञालाई खोप लगाएर घर फर्कदै गरेकी गोरखा बारपाक–१ पोखरीकी अञ्जु विकलाई पहिरोभित्रबाट निकालिएको हो । 

सौरपानी गाविसको झोलुङ्गे नजिकै खसेको पहिरोभित्र आमाछोरी थिचिएका थिए । नेपाली सेनाको टोली र जिल्लास्थित सडक कार्यालयबाट खटिएको संयुक्त उद्धार टोलीले शबलाई आज निकालेको भैरवी दल गणका गणपति प्रेमबहादुर थापाले जानकार दिए । योसँगै बारपाकमा मात्र भूकम्पमा परी ७० जनाको ज्यान गएको छ । रासस

No comments:

Post a Comment