गुल्मी, बैशाख १९।
विभेद बिरुद अभियान । सरकारी तथ्याङ्कमा पूर्ण क्षतीको विवरणमा परेकाहरुले त सहानुभुति स्वरुप एउटा पाल भएपनि पाए तर बस्नै नहुनेगरी घर भत्केर अरुको शरणलिन पुगेकाहरुले भने भूकम्पले दिएको पिडा भन्दा सरकारी निकायले दिएको पिडा ठूलो भएको गुनासो गरेका छन् ।
गुल्मीको पिपलधारामा एउटै वडामा दर्जनौँ घर भत्केका छन् । वडा नम्बर ६ का गणेश विश्वकर्माले भने ‘गरीवको घरमा प्रकृतिले त अन्याय गरेकै थियो, प्रशासनले समेत अन्याय ग¥यो ।’ उनका अनुसर मजदुरी गरेर बडो मुस्किलले जिविका चलाएका पिपलधारा ६ का ठग बहादुर विकलाई प्रकृतिले नराम्रोसित ठगेको छ । उनको घरगोठ दुबै भत्किएको छ । उनकै छिमेकी कृष्ण बहादुर बिक, धन बहादुर बिक, मान बहादुर परीयार, भागीरथ विक, विर बहादुर सुनारको घरपनि बस्नै नहुनेगरी भत्किएको छ । तर उनीहरु प्रशासनको विवरणमा ख बर्गमा परेर एउटा पाल समेत पाउन सकेका छैनन । त्यसै वडाका चन्द्र बहादुर सुनार, भिम बहादुर विक, नयाँगाउँ–१ का लिल बहादुर ताम्राकार लगायत त्यहाँका दर्जनौ दलित गरिवहरुको घर भत्केको छ । जहाँ सञ्चारकर्मीहरुको नजर समेत पुग्न नसकेको उनिहरुको गुनासो छ ।
उता बडागाउँ गाविस वडा नम्वर ७ चुँदरीगाउँका तारचन सुनारले ऋण लागेर गत वर्ष मात्रै घर बचेर अलिपर वसाई सरेका थिए । पुरानो घरवारीले ऋण तिरेर रहेको केहि रकम र बाँकी ऋणमा हालै बनाएको नयाँघर भत्कीए पछि उनि मुर्छित हुनु प¥यो । उनका छिमेकी लालबहादुर सुनारको पनि त्यस्तै विचल्ली छ । भारतमा होटल मजुरी गरेर घर गोठ उभ्याएका सुनारले गत वर्ष मात्रै दाजुको मृत्यु वियोग सहनु प¥यो । अहिले भुकम्पले फेरी त्यस्तै पिडा थियो । त्यस वडाको भराह, सेनीपिप्ले, ठुलापोखराका दर्जनौ विपन्न परिवारको घर भत्कीएको छ । भत्के चर्केका ति घरहरु देखाउँदै ति भुकम्प पिडितहरुले भने–‘ हाम्रा यि घर भन्दा बढि छाती चर्केको छ । यता हालको रेसुङ्गा नगरपालिका र साविकको अर्खले गाविसका झण्डै ९० प्रतिशत घरहरु चर्केर मानिसहरु बस्न गाह्रो भएको छ । भुकम्पले पुराएको जखिम संगै आउने वर्षायाममा ति घरहरु ढल्ने पक्का जस्तै भएको छ । त्यहाँका पिडितहरु भन्छन् –‘यो क्षति हाम्रा लागि नदेखीने तर भित्र भित्रै दुखी रहने, पोली रहने घाउँ बनेको छ ।’
भुकम्पले यसरी सरकारी पक्षद्धारा नदेखिने गरी घाउ पारेका घर परिवार यहाँ सरकारी आँकडा मै २ हजार भन्दा बढि छन भने यथार्तमा १० हजार भन्दा बढि छन् । ति मध्ये अधिकांस वर्षमा दश हजार रुपैयाँ बचाउने भन्दा पनि खाना खर्च मजदुरीले पुराउन नसकेर ऋण लगाउनेहरु बढि छन् । त्यस कारण पनि उनिहरु केहि वर्ष सम्म कसैको घर गोठको शरण लिन वा छाप्रो वारेर बस्न बाध्य हुने छन् ।भुकम्पले यति प्रभावित गाविस खड्गकोटका कैयौ पीडितहरुको भनाई त यस्तो थियो कि – ‘भुकम्पले घर ढलाई दिनु भन्दा आफुहरुको ज्यानै ढलाई दिएको भए हाई सुख्ख हुन्थ्यो । ’ खड्गकोट ३ कि ७० वर्षिया पुर्ण अपाङ्ग बृद्धले त भुकम्पले आफुहरुको घर मात्रै भत्काई दिएर ठुलो अन्याय गरेको निरासा ब्यक्त गरिन् । उनका श्रीमान पुर्षोतम ढकाल करिव ९० वर्षका बृद्ध छन् उनले गरी खान सक्दैनन् ।
श्रीमति ढकाल घर्सेर मुस्कीलले भित्र वाहिर गर्छिन् । घर खर्च चलाउन नसकेर उनका छोरा नारायण दश एघार वर्ष कैं उमेरमा भारतको मजदुर गर्न हिडेका थिए । उनको कमाई पनि खासै छैन् । उनिहरु घर भत्केर अहिले गोठको साँगुरो ठाउँमा चुलो बनाएर बसेका छन् । उनि सहित त्यहाँका दर्जनौं विपन्न परिवार पुम्पुरोमा हात समाउँदै भन्छन्–‘ त्यो ढलेकै घर मुनी आफुहरु पुरिएर मर्न पाएको भए आनन्दै हुन्थ्यो । ’घर गोठ संगै उनिहरुका गाई भैसी समेत मरे पछि पाल्ने डिंगो छैन अहिले । अन्न पात बस्त्र पनि छैन् । गुल्मी उद्योगा वाणिज्य संघ लगायतका संघ संस्थाले दिएको चाउचाउ, विस्कुट र चिउरा उनिहरुका लागि यति वेला मासु र भात बनेको छ ।
नेपाल रेडक्रश सोसाईटी गुल्मी शाखा लगायतले दिएको त्रिपाल यति बेला भव्य महल बनेको छ । राहत वितरण गर्न पुगेको सो शाखाका सभापति अनुपकुमार श्रेष्ठ , सदस्य राजेन्द्रप्रसद श्रेष्ठ लगायत संग लत्त ककपडा र खाद्य सामग्री बुझ्दै खड्गकोट २ का टिकाराम टिकाराम नेपाली लगायतका विपन्न दलितहरुले आफुहरुको आत्माले ति संघ संस्था र सहयोगी व्यक्तीहरुलाई आशिस दिएको बताए । नेपालीको सम्पत्तीका नाममा वाउ वाजेले बनाई थिएको घर थियो जुन अहिले भग्नावशेष मात्रै रहेको छ । सधैको निमेक मजदुरी गरेर जिविका चलाएका नेपाली भन्छन् अर्को घर बनाउने कुरा त मैले सपनामा पनि देख्न सक्दिँन् ।’ खड्गकोट १ का पुर्णबहादुर नेपाली, एमबहादुर बिक, वडा नम्वरका शेरबहादुर बिक, हरिबहादुर सुनारको पनि घर गोठ पुर्ण रुपमा क्षतिग्रस्त भएर उनिहरु वारीमा त्रिपाल टाँगेर बसेका छन् । उनिहरु दिन भरी निमेक मजदुरी गरेर मुस्कीलले जिविका चलाउने त्यहाँका सवै भन्दा विपन्न परिवार भएको स्थानिय समाज सेवी अर्जुन ढकालले बताए । उता पारी फोक्सीङ्गमा पनि घर भत्केर कैयौं विपन्न परिवारले ओंठ मुख सुकाएर बसेको देखियो । मुकम्पको बढी मार त्यस भेगमा जस्तै जिल्लाका प्रत्येक गाविासमा प्राय गरिव पिपन्न परिवारमा बढि परेको देख्न सकिन्छ । सरकारी निकाय, संघ संस्था जा कुनै व्यक्तीले भुकम्प पीडितको क्षेत्रमा सहयोग गर्न खोजेमा पहिलो प्राथामिकता त्यस्तै विपन्न परिवारलाई दिन सके बढि कल्याणकारी काम हुने देखिएको छ । अन्यथा कसैको नजर उनिहरुमा पर्न नसके उनिहरुको घर भन्दा बढि छाती चर्की रहने छ र भुकम्पमा ज्यानै गएको भए हाई सुख्ख हुने उनिहरुको निरासा कायमै रहने छ ।साभार: गुल्मी टाइम्स
No comments:
Post a Comment