समता सहितका संस्थाहरुद्धारा सिन्धुपाल्चोकको कुनचोक गाविसमा राहत वितरण

विरु नेपाली , वैशाष २७ ,  विभेद बिरुद अभियान ।
IMG_7412
IMG_7396

गत बैशाख १२ गते गएको विनाशकारी महा भुकम्पका कारण क्षतविक्षत तथा घरवार विहिन भएका कुनचोक गाविस सिन्धुपाल्चोकका स्थानिय वासीहरुलाई हिजो रहत वितरण गरिएको छ । समता फाउण्डेसन ललितपुर, साम मिनिस्ट्री  ईन्टरनेस्नल युएसए, नेपोलोलियन ट्रेकिङ प्रा.ली.ठमेल, चिल्ड्रेन वेलफेयर सेन्टर गोदावरी र कोपिला बालगृह ललितपुरको संयूत्त पहलमा जिल्लाको कुन चोक गा.वि.स. सवै वडामा राहत वितरण गरिएको छ । राहतबाट कुन चोक गाविसका झण्डै ५५० घरधुरीका २५०० जनाले थोरै धेर लाभ लिएको कुनचोक गाविसका स्थानियवासी शिव सुनारले वताउनु भयो । राहतमा चामल २७० वोरा, दाल, ४०० के.जी, तेल ४०० लिटर, नुन २०० के.जी. चिउरा १० वोरा, चाउचाउ एकसय कार्टुन र केही थान त्रिपाल वितरण गरिएको थियो । 
IMG_7381


सिन्धुपाल्चोकको कुनचोक गाविसमा मात्रै भुकम्पबाट करिव १२८ जनाले ज्यान गुमाएका थिए भने दजर्नौ मानिसहरु घाईते भएका छन् । स्थानियवासी सुनारका अनुसार कुनचोक गाविसमा ज्यान गुमाउनेहरु वडा नम्वर ५का धेरै छन् । त्यसैगरी भुकम्पले अन्नपात, वस्तुभाउ तथा नगद समेत पुरिएको स्थानिय भुपेन्द्र गिरीले वताउनुभयो । गिरीको ६९ वर्षिय वुवाको भुकम्पमा परी मृत्यु भएको थियो । त्यस्तै भुकम्प प्रभावित क्षेत्रहरुमध्ये ज्यान गुमाउनेहरुको ठुलो संख्या नै सिन्धुपाल्चोक जिल्ला रहेको छ । भुकम्पले सवै घरहरु ध्वस्त भएपछि कुनचोक वासीहरु भत्केका घरहरुको जस्ता पाता र काठपात निकाली अस्थायी छाप्रोमा ओत लागेका छन् । उक्त स्थानमा राज्यस्तरबाट हालसम्म कुनै राहत पुग्न सकेको छैन । 
IMG_7403

राहत लिएर जाने क्रममा, कुनचोक गाविस भवनसम्म नपुरयाईदै विच वाटोमा सोही गाविसका वडा नम्वर ५, ६, र ८का स्थानिय वासीले अवरोध खडा गरी ७० वोरा चामल, तेल, चिउरा दाल लगाएतका सामाग्री जवरजस्ती आफ्नो कव्जामा  लिएर वितरण गरेका थिए ।
साम मिष्ट्रिज ईन्टरनेस्नल टेक्सासका विक्रम चौधरीले भुकम्प पिडितका लागि थप राहत जुटाउने कार्य भईरहेको कुरा वताउनु भयो । उपत्यका र प्रभावित जिल्लाहरुको थप स्थलगत अध्ययन गरी गरिव तथा दलित सिमान्तकृत वस्तिमा राहत पुर्याउन अभियान जारी रहेको कुरा पुर्व सभासद तथा पत्रकार विनोद पहाडीले वताउनु भयो । 
IMG_7399

फाउण्डेसनका अध्यक्ष पदम सुन्दासले राहतमा विभेद नहोस भनेर आफुहरु प्रभावित क्षेत्रमा अनुगमन थालिएको कुरा वताउनुभयो ।
राहत सामाग्री वितरण गर्न समता फाउण्डेसनका अध्यक्ष पदम सुन्दास, पुर्व सभासद विनोद पहाडी, दलित अधिकारकर्मी केष वहादुर परियार, कोपिला वाल गृहका धिरज गौतम, साम मिनिस्ट्रिज टेक्सासका नेपाल प्रतिनिधी विक्रम चौधरी, चाईल्ड वेलफेयर सेन्टर गोदावरीका रिना कार्की, नेपोलियन ट्रेकिङ्ग ठमेल सुरज अधिकारी, दिनेश परियार, निरज गौतम लगाएका व्यक्तिहरु पुग्नु भएको थियो ।
यी सस्ंथाहरुको तर्फवाट गोर्खा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, रसुवा, लगाएतका जिल्लाहरुमा थप कार्यक्रमहरुको तयारी भईरहेको कुरा आयोजक संस्थाहरुले जनाएका छन् ।
IMG_7434
IMG_7411
IMG_7415 IMG_7420 IMG_7422IMG_7337IMG_7352IMG_7353
साभार :- जागरण मिडिया 

No comments:

Post a Comment