के दलित सस्था काखिमुनिको पिलो बनेकै हो त ?-गोपाल सिवा



प्रतिक्रियाको लागि :-gopsiwa@gmail.com
विभेद बिरुद अभियान । त्यसो त आफुलाई आलोचनामा केन्द्रित राख्नु मेरो सौखको बिषय होइन र यो मेरो ब्यक्तिगत बाध्यता पनि होइन। तर म सस्थाको नभए पनि समुदायकै ब्यक्ती भएको आधारमा मैले बुझे अनुसारको विचार राख्दै छु । मेरो आलोचनालाई शायद मेरो प्रबृति हो भन्ने पनि ठान्नु होला तर त्यस यस भित्र हाम्रो समुदायको ,साठी लाख दलितको नियत गासिएको छ । त्यसैले त्यस्ता अभिब्यक्तिले कसैलाई चोट पुगेको भए म आँफै आत्म आलोचित हुन चाहन्छु।
प्रसङ्ग जोडौ,थाहा छैन किन हो कुनि यी कथित दलित समुदायका लागि भनेर खुलेका सघ सस्थाहरु दलित समुदायको हक अधिकार प्राप्त गर्न भिडतन्त्रको मुद्दा जब जब बोकन थाल्छ्न तब तब अहम्ताका चुचुराहरु देखा पर्छ्न अनी त्यसले जव बिकाराल रुप लिन्छ सिङै दलित समाज गलत दिशामा हिडाउन खोज्छ र फर्कनै नमिल्ने भिरमा पुग्छन । त्यसो त समस्या सबै समुदायका सघ सस्थामा छन । यो दुनियाँमा नभएको समस्या कथित दलित समुदायका कहा मात्र भएको होइन तर यदी यो सुद्द समुदायको सामाजिक काम मात्र हो भने , विभेद विरुद्ध सामुहिक रूपमा जागेको हो भने,आफ्नो हकहितका लागि आत्म्बोध भएर उठेको हो भने किन हुन्छ त बिबाद ?   हो यहि बिषयलाई सस्थामा आबद्ध तत्ल्कालिन र भूपू सद्स्यहरुले सामाजिक संजालमा  आलोचना गरिरहेको र मलाइ ट्याग गर्नु भएको केही दलित सस्थाहरुको आन्तरिक विवादका प्रसङ्ग लिएर यी बिचार कोर्दै छु ।

 जति सुकै तर्क बितर्क गरे पनि नेपालका दलित समुदायहरुको पहलि रुपमा सम्बोधन गर्न /हुन दलित शक्ति चाहिन्छ अर्थात राजनीतिक शक्ती चहिन्छ । यसका सार कुरा के हो भने दलितको पीडा, भोगाइ र सम्श्या यस्तो छटपटाहट हो त्यसभित्र आजको २१ औ शताब्दीमा कथित दलित भनिएका मान्छेहरु एक मिनेट पनि आफुलाई राख्न चाहन्न। यो यथास्थिति बाट नेपालका ६० लाख दलितले सधैं सम्बन्ध तोड्ने उत्कट अभिलाषा बोकेर पछिलो आठ दशक देखि एउटा अशल कुसल नेतृत्वको अपेक्षा गरेर हिडि रहेका छ्न । समानता ,सम्ताको नाममा दलितहरुको यही सेन्टिमेन्ट लाई समुदायका टाठा बाठाहरुले सधैं अनेकन बिषय र मुद्दाहरु पसकेर राजनीतिक शक्ती प्राप्ती गर्ने उदेश्य बाट दलित समुदायहरुको सामाजिक सस्था भनेर आफ्नोपन बुझाएर खोलीरहे । यी टाठा बाठाको स्वार्थपुर्तिको निम्ती भिड चाहिन्थियो त्यो जुटाउदै गए। जब जब भिड बढ्दै गयो तब तब भिडबाट समुदायको आवश्यकता र मुद्दाहरु निर्धारित हुदै गए । भिडले कुन ढङ्गबाट कसले सुरुवात गरेको हो भन्ने बुझ्दै गए ।यहि बुझ्ने बुझाउने क्रममा यी सस्थाका सस्थापक्को बिचार, बहस र सिद्धांन्तले मात्र हुकुमी ढंगले सस्थाको निर्देशित गरने निरन्तरता पाउनु र भिड मनोबिज्ञान बाट सिर्जित बिषयलाई सस्थाको मुद्दा नबनाइनु बाट सस्था काखिमुनिको पिलो बन्दै गएको देखिएको छ ।यस्तो पिलो जहाँ वास्तविक रुप देखाउ भने नपाकी चलाएर परिचय लुकाएको कारण बल्झिने डर, पाकुन्जेल पर्खौ भने सचेत सगठनका कार्यकर्ताको प्रश्नको पिडा खप्नै नसक्ने स्थिति। अनि यहि अवस्थामा पुगेर सस्थामा देखा पर्न थाल्छ्न अलोकतान्त्रिक पदती र अह्म्ताका चुचुराहरु ।यति बेलाको समस्या यही हो। यी फरक स्वरुपका चुचुराहरुले निम्त्याउने परीणाम भनेको समुदायको दुर्गती गर्ने खालकै हुन्छन।
दलित समुदायका सर्बोपरी मान्यता र सिद्धान्त बाट यदि खुलेका संघ सस्थाहरु निर्देशित हुन्थ्यो भने नेतृत्व गर्नेले समाजलाई डोर्याउनु पर्छ। लोकतन्त्रको हिमायती गर्ने ,कुरा गर्ने यो समुदायले आफै बाट अभ्यास गरि समग्र दलित समुदायको नाममा भिडको नेतृत्व गरेर सिङो दलित समुदाय र देशलाई भिड मनोबिज्ञानको ईशारामा घिसार्ने प्रवृत्तिको मान्छेलाई अरुले नभए पनि समुदायकाले चिन्न जान्न पाउनु पर्छ र दिनु पर्छ । जव सम्म समुदायको नेतृत्व गर्नेको मनोबिज्ञान समुदायकाले बुझ्दैनन तव सम्म सस्थाले सहि बाटो समाउदैन र सस्थाले आफुलाइ सुदृढीकरण  समेत गर्न सम्भव छैन।समग्रमा भन्ने हो भन्ने जव सम्म सस्थामा को को छन भनेर चिनिदैन, जब सम्म बिश्वासको बाताबरण बन्दैन , जब सम्म सस्था अनुशासित हुँदैनन, जव सम्म सापेक्ष अधिकारको कुरा गरिदैन, जवसम्म फरकधार लाई सुझावको रुपमा लिइदैन र जव सम्म समुदाय लाइ आफ्नो घर सम्झिदैन तव सम्म दलितको बिकास र दलित समुदायको उन्नती हुँदैन; दुनियाँको जती सुकै असल र उत्कृस्ट सस्थाको स्थापना गरे पनि ,देश बिदेश जहाँ सुकै नेट्वर्क बिस्तार गरे पनि दलित र दलित समुदायको बिकास सम्भव हुँदै हुँदैन।
पछिल्लो समय खुलेका केही सस्थालाई स्वभाविक रुपमा सबैले स्विकारेरका छन  र दलित समुदायको हितमा आफुलाई उभ्याएको पाएको छ्न  ।लोकतान्त्रिक परिबेश्मा पारदर्शी हुन सक्नु जुन नेतृत्व को दायित्व हो। तर यहि पारदर्शीताको कमिले समुदायको भनेर खुलेको सस्था को बाट परिचलित छ भन्ने जिज्ञासा्  सम्पूर्ण न्यायप्रेमी समुदाय का नागरिक लाई गम्भिर बनाएको छ। यस्तो बेला सस्थापकहरु झन गुफा पस्ने कुरा ले समुदाय को लागि खुलेको सस्था वास्तविक रुपमा लोकतान्त्रिक अझै भएको रहेनछ भन्ने गम्भिर अबिस्वसिनिय शंका उब्जाएको छ। यसले जुटेको दलित एकतालाई फेरी गम्भिर खतरानाक दिशामा घिसार्ने त होइन भन्ने चिन्ता उब्जाएको छ। समुदायको सामाजिक दृष्टिकोण पुरै दिग्भ्रमित छकि भन्ने शंका देखिएको छ र समुदायमा आबद्ध सदस्यहरु महा भुकम्पमा परे जस्तो चिहिल र बिहिल पारेको छ् ।त्यसो त् झिना मसिना दावी थुप्रो हुन्छन तर सस्था भित्रैको एउटा जमात अदृश्य शक्तिको औचित्य पुष्टी गर्न मिसन खडा गरेर लाग्छन भने यिनले दलित समाजमा ब्यक्त गर्ने विचारको धरातल र स्तर के हुन्छ, मैले भनिरहनु पर्दैन ।तर समाजको चिन्तन र सोच अनुसार नहिंड्ने ले यो समाजमा अनुमोदन प्राप्त गर्न सक्दैन।
त्यसो त सवै तिर जुट्दै गएको उदाउदो सस्था प्रती यस्तो परिस्थिती निर्माण हुनुको आयाम अनगिन्ती छन । सम्पूर्ण रुपमा कुनै एक पक्षलाई मात्र निरिपेक्ष रुपमा दोष दिनुको पनि कुनै अर्थ छैन ।भने यस्तो बेला काग कराउदै गर्छ हाती लम्किदै गर्छ भनेर या बिरोधीहरुको काम नै यहि हो भनेर आफैले आत्मसन्तुस्टी को तक्मा लगाएर हिड्नु पनि हुदैन ।समग्रमा समुदायको आवरणमा भएका अदृश्य अग्रगामी सोचहरुको बैधानिकरण गर्न आफु आबद् सस्थाका अभियन्ताहरुको छाम्ने प्रयास हो भनि बुझ्न बुझाउन सक्नु पर्छ । अत सबैले बिगतको गल्ती र कमजोरी बाट आत्म आलोचित हुँदै दलितका लागि भनेर खुल्ने  समुदायको निर्माणमा जुट्नु आजको पेचिलो आवश्यकता हो।  कुन शक्ति वा प्रब्रित्तीले के भन्यो भन्ने भन्दा पनी किन भनिरहेका छन ?  संगठनमा यस किसिमका पारदर्शिता र एक अर्का लाइ जान्न चिन्न पाउ भने सवाल किन उठे त् ? प्रश्नको मनगढन्ते उत्तर नबनाइ त्यसको कारण सम्बन्धित सवैले खोज्न प्रयाश गरौ ।पाखुरा बजार्ने भन्दा  खराब प्रब्रित्तिलाई किनारा लगाउदै जाने र असल प्रवृति लाई बढावा दिउ किनकी दलित आन्दोलनमा बैचारिक , ब्यबहारिक पारदर्शिताको जरुरी छ, त्यो नै समाज डोर्याउने प्रमुख हतियार हो र हुनु पर्छ।नैतीकता, इमान्दारिता, बिधी पद्धती, समाजसेवा जस्ता आदर्शबादी कुराको वकालत गर्ने ब्यक्ति आँफैको यस बिषयमा कत्तिको प्रतिबध्द्धता छ, कत्तिको व्यबहारमा आफुलाई उतारेका छन भन्ने कुराले ठुलो फरक पार्ने गर्दछ।  त्यसैले खुलेर अघि आऊ दलित समुदायको लागि नयाँ सोच, भिजन सहित एकता , एक्य्बधता लाई सम्पूर्ण रुपमा दलित समाजको सामाजिक आर्थिक सवालसँग जोड्ने सोच,  पुर्वाधार सहितको शक्तिको मुल्यांकन गरिनु अत्यन्त जरुरी भैसकेको छ। यस आमुल परिवर्तन र  समाजिक रुपान्तरनको दिशामा अब नविन बिचारका युवा, देश भक्त कथित दलित गैर दलित शक्ति एउटै सोच र आत्म बिस्वासका साथ गोलबन्द हुनु पर्ने शशक्त जरुरत छ।त्यसैले सबैले बिचार गरौ र गम्भिर बनौ।सवैको बिचारलाई सम्मान गर्दै सूचनाको हक पाउदै आफ्ना अधिकार सुनुस्चित गर्ने बैज्ञानीक बाटाहरु थुप्रै छन, जसबाट समाधान खोज्न सकिन्छ तर यत्ती हो अदृश्य बसेर चेतनाका नाममा पिडित समुदायका मान्छेमा उत्तेजना फैलाएर आफनै मात्र कुरा लागू गर्छु भन्दै दलित समुदायको नेता बनेर छोटे राजनको सिंघाशनमा मात्र बस्न चाहनेहरुको मनुसुवा चाँही पुरा नहोला।दलित आन्दोलनको यो कालखण्डमा यस्ता बिबादहरुको सम्बोधन टर्निङ प्वाइन्ट बनोस, मेरो कामना छ।      

No comments:

Post a Comment