कस्ले भन्छ सरु सुनारको विवाह भएको !

विभेद बिरुद्ध अभियान ।२९ वैशाख काठमाडौं । हेर्दा लाग्छ किताब कलम बोकेर विद्यालय जानुपर्ने हो, तर उनको साथमा दुई वटा छोरा छन् । कलियो अनुहार, अलिअलि डर, हल्का लाज अनि अप्ठ्यारो महसुस गरे पनि हाँस्न खोज्दै आफ्नै विवाह र छोराको बारेमा बताइरहँदा उनको अनुहारमा भूकम्पले दिएको पीडा पनि देखिन्थ्यो ।
यही बैशाख १२ गते गएको भूकम्पले उनी बसेको घर भत्किएको छ । साना दुई बच्चा भएकी अहिले उनी २२ वर्षकी भइन् । भर्खर विवाह गर्न उमेर पुगेकी यिनको जेठो छोरा चार बर्ष पुगिसकेको छ । यही शैक्षिक सत्रदेखि जेठो छोरालाई विद्यालय भर्ना गर्ने बताइरहेकी उनले कान्छो छोरालाई पिठ्यौंमा बोक्दा स्वयम उनको बालपन सकिएको देखिँदैनथ्यो ।
इलाम घर भइ हाल काठमाडौं उपत्यकाको उत्तर–पश्चिम काँठ क्षेत्रमा जीवन चलाइरहेकी सरु सुनारले १६ वर्षको उमेरमै विवाह भएको बताइन् । श्रीमान डकर्मी काम गर्ने जानकारी दिइन् ।साभार मिडिया एनपी 

No comments:

Post a Comment