गाई काटेको आरोपमा पक्राउ परेका शेरबहादुर दर्जी कारागार चलान

बागलुङ ,१३ जेष्ठ  २०७२ । विभेद बिरुद्ध अभियान  घरमै पालेको गाई काटेको आरोपमा पक्राउ परेका बिनामारे–९ का २७ वर्षीय शेरबहादुर दर्जी पूर्पक्षका लागि कारागार चलान भएका छन् । 
यही जेठ १ गते आफ्नो घरमा रहेको गाई काटेका दर्जीलाई प्रहरीले घटनाको भोलिपल्ट पक्राउ गरेको थियो । 
प्रहरीले दर्जीमाथि अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो ।जिल्ला अदालतको आदेशपछि दर्जीलाई मङ्गलबार पुर्पक्षका लागि जिल्ला काराकार थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राष्ट्रिय जनावर गाई बध गर्नु गैरकानुनी मानिन्छ । रासस 

No comments:

Post a Comment