सिन्धुपाल्चोकमा २ सय परिवारलाई थाल, गिलास, कम्बल र लत्ताकपडा उपलब्ध गराइएको छ ।त्यस्तै ललितपुर लुभुका ६० र नुवाकोटका २२ परिवारलाई चामल, दाल, तेल, नुन, साबुन, झुल, कम्बललगायतका दैनिक उपभोग्य सामग्री राहतस्वरूप उपलब्ध गराइएको छ ।
सिन्धुपाल्चोकमा २ सय परिवारलाई थाल, गिलास, कम्बल र लत्ताकपडा उपलब्ध गराइएको छ ।त्यस्तै ललितपुर लुभुका ६० र नुवाकोटका २२ परिवारलाई चामल, दाल, तेल, नुन, साबुन, झुल, कम्बललगायतका दैनिक उपभोग्य सामग्री राहतस्वरूप उपलब्ध गराइएको छ ।एक दशक अघि सिक्ने क्रममा सुरु भएको थियो मेरो ब्लग यात्रा ।एकोहोरो शैलीमा देश, समाज र व्यक्तिहरूबारे मन लाग्दो लेख्दै टास्दै आए ।सुरुवाती दिनमा त्यति साह्रो गम्भीरता र जिम्मेवारी बोध गरेर लेखिएन फेरी पनि बुद्धिले जति भ्यायो, जे मन लाग्यो उही लेख्दै आइयो । लेखाइमा उन्मुक्त र निर्धक्क उडियो । तर जब आफ्नै दाजुभाई दिदीबहिनी जातका कारण यत्रतत्र पिडित भएको देखे सुने पढे अनि त्यहि पीडाको, पिडितको लहरमा एकाकार भएर जाने बुझेको लेख्न थाले। दलित समुदायको पिडा ,खुसि देखि आन्दोलन सँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली दलित समुदायको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। दलित समुदायले भोग्नु परेका सामाजिक समस्या, उत्पीडन , ज्यादतीको बिरुद्दमा , विभेदको बिरुद्दमा आफुलाई मिसाउने सानो प्रयास हो ।दशक देखि मेरो ब्लगिङमा प्रत्यक्ष-परोक्ष साथ दिने अनि आलोचना र विरोधको स्वर उरालेर कुतकुत्याउने सबैलाई आभार ! गोपाल परियार शिवा
Get All The Latest Updates Delivered Straight Into Your Inbox For Free!
Subscribe your e-mail address and get to know about fresh stuff!
No comments:
Post a Comment