काभ्रे ढुंगखर्कका ५० घरधुरीलाई जातीय विभेद विरुद्ध विश्वमञ्चको राहत वितरण

२०७२ जेठ ३- विभेद बिरुद्ध अभियान । जातीय विभेदविरुद्ध विश्वमञ्च (ग्लोबल फोरम) को सहयोगमा दलित नागरिक समाज महाभूकम्प पीडित राहत संकलन तथा वितरण समन्वय समितिद्वारा मिति २०७२ जेठ २ गते शनिबार काभ्रे जिल्लाको ढुंगखर्क  गाविसका १ र ६ वडाका ५० घरधुरी दलित तथा विपन्न समुदायका व्यक्तिहरुलाई राहत वितरण गरिएको छ ।
11064863_656451731155340_59154727400504762_n
11229912_656451967821983_1211380766997624381_n

ढुंगखर्क गाविसको बिर्लुंगखोला १ र ६ मा रहेको दलित वस्तीमा एक कार्यक्रमको आयोजना गरी राहत सामग्री वितरण गरिएको थियो । राष्ट्रिय दलित आयोगका सदस्य सचिव सिताराम घले परियारद्वारा सामग्री वितरण गरी शुभारम्भ गरिएको वितरण्।ा कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव गणेश विश्वकर्मा, दलित कल्याण संघका अध्यक्ष एवम् ग्लोबल फोरमका सचिवालय सदस्य मोतीलाल नेपाली, दलित गैसस महासंघका सचिव एवम् ग्लोबल फोरमका सदस्य सुशील विश्वकर्मा, नेपाल ग्रासरुट्स डेभलपमेन्ट फोरमका अध्यक्ष सन्तोष विश्वकर्मा,दलित गैसस महासंघका प्रतिनिधि कमल विश्वकर्मा, अनुसन्धानकर्ता प्रकाश विक, अधिकारकर्मी श्याम परियार र स्थानीय सहजकर्ता अर्जुन शाशंकरको उपस्थिति रहेको थियो ।
राहत सामग्री प्रतिघर १ बोरा चामल, १ लिटर तेल, २ किलो दाल र एक पोका नुन, प्रतिगोटा साबुन वितरण गरिएको थियो । साथै ६ जना सुत्केरी तथा गर्भवती महिलालाई पौष्टिक आहार प्याकेट वितरण गरिएको थियो ।
photo+-
11167904_656452107821969_1481013811361734832_n+(1)
 साभार :- NepalDalit info

No comments:

Post a Comment