भोजभतेरमा जातीय विभेद भयो भनि सामुहिक आक्रमण

२०७२ जेष्ठ ६, विभेद बिरुद्ध अभियान ।दैलेख - मालिका गाविस-३ की १८ वर्षीया सिमा विकले सोही ठाउँका गैरदलितहरूले वैशाख २९ गते दिउसो स्थानीय सुरेश नेपालीको विवाहमा जातीय भेदभाव गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा जेठ ५ गते जातीय विभेद सम्वन्धी मुद्दा दर्ता गरेको बताइन् ।

उनले सो विवाहमा गैरदलितहरूको लागि बेग्लै व्यवस्था गरिएको भोजभतेरमा गएको भन्दै तिमी डुमकामीले हाम्रो भान्सा छुने, तिमीहरूले छोएको हामी खाँदैनौ भनेपछि विवाद हुँदा बाजे सहविर कामीलाई १०-१२ जनाको समुहले कुटपिट गरेको बताइन् ।

कुटपिटका कारण सहवीर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको सिमाले बताइन् । मुलुकी ऐन ज्यान सम्वन्धी महलको १५ नं. र जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ बमोजिम सजायको माग गर्दै जेठ ३ गते प्रहरीमा जाहेरी दिएको उनले जानकारी  दिईन् ।

पीडितको जाहेरीको आधारमो सोही ठाउँका तेजबहादुर खड्का, मानबहादुर खड्का, शेरबहादुर खड्का र लालबहादुरलाई जेठ ४ गते नै घरवाट गिरफ्तार गरिएको प्रहरीले  जानकारी दिएको छ ।घटनाका सर्न्दर्भमा आवश्यक अनुसन्धान गरी  रहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर पुस्कर चन्दले बताए ।

No comments:

Post a Comment