
काठमाडौ ,१३ जेष्ठ २०७२,विभेद विरुद्ध अभियान । दलित एकता सन्जाल नेपालले दुबै मृगौला पिडित नरेठाडि -५ गल्कोट, बागलुङकी १८ बर्षिय देवि बिकलाई आर्थीक सहयोग प्रदान गरेको छ ।
![]() |
राजधानीको बन्स्थली स्थित काठमाडौ मृगौला हस्पिटलमा भर्ना भै डाइलोसिसको माध्यम बाट पछिल्लो छ महिना देखि बिकको उपचार भै रहेको उनको अभिभावकका कुरा सुनेर कार्यक्रममा सहभागिहरुले थप ७ हजार ५ सय रुपैयाँ सहयोग गरेका थिए ।पिडितको आर्थिक अवस्था नाजुक रहेकोले विकको उपचारमा सक्दो सहयोग गरि जिवन बचाउनका लागी पिडितका आफन्तले सोही कार्यक्रम मार्फत देश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाई अपिल गरेका छन् ।

No comments:
Post a Comment