रुकुमको प्वाङ गाविस पनि छुवाछुत मुक्त गाबिस घोषित

हेर्नुस कार्यक्रमका केही तस्वीरहरु //तस्विर सौजनय :-लक्ष्मण केसिको फेसबुकबाट
२०७२ जेष्ठ ८ ,विभेद बिरुद्ध अभियान । रुकुम को प्वाङ गाविस लाई २०७२ साल जेष्ठ ६ गते जिल्ला को तेस्रो नमुना छुवाछुत मुक्त पुर्ण खोप सुनिस्चित गाबिस घोषणा गरिएको छ ।यश अघि जिल्लाको चुनवाङ र माग्मा गाबिसलाई क्रमश जिल्लाकै पहिलो दोस्रो जातिय छुवाछुत मुक्त नमूना गाविस घोषणा गरिएको थियो ।सम्पूर्ण गाविस छुवाछूत रहित भएपछि गाविस कार्यालय प्वाङ ले जिल्ला विकास समिति रुकुम र जिल्लाका दलित अधिकार कर्मीहरुलाई सयुक्त रूपमा प्वाङ गाविसलाई जातीय छुवाछूत मुक्त नमूना गाविस घोषणा पुर्व अनुगमन गर्न आग्रह गरेको थियो ।अनुगमन टोलीले प्वाङ गाविसमा जातीय छुवाछूतको अवस्था, अन्तरजातीय विवाहको अवस्था, सार्वजनिक धारा, मन्दिर, कुवामा कुनैपनि विभेद नभएको र जातीय छवाछूत मुक्त क्षेत्र घोषणा गर्न तयार भएको सुझाव सहित अनुगमन टोलीले प्रतिवेदन पेश गरेको थियो ।
अनुगमन पछि नेपाल दलित पत्रकार मञ्च रुकुमले जिल्ला सदरमुकाम मुसिकोट स्थित जिल्ला विकास सभाहलमा पत्रकार सम्मेलन समेत गरिएको थियो ।अनुगमन टोलिको सुझाव प्रतिवेदनअनुसार नै राष्ट्रिय दलित आयोगका पदाधिकारी ,रुकुमका जिल्ला पदाधिकारि र स्थानीय विकास पदाधिकारिहरुले सयुक्त रुपमा गाबिसमा आयोजित कार्यक्रममा प्वाङ गाविसलाई जातिय छुवाछुत मुक्त नमूना गाविस घोषणा गरेका थिए । कार्यक्रममा ब्क्ताहरुले दलित र गैरदलित विचको एकता कायम नभए सम्म छुवाछुत मुक्त घोषणा भए पनि छुवाछुतका अवशेष कायमै रहने भन्दै यसको समुल अन्त्यका लागि दलित र गैरदलित विचको एकतामा जोड दिएका थिए ।
छुवाछुतकै कारण मान्छेले नै मान्छेको अनुभव गर्न नपाएको अवस्थामा चुनवाङ,माग्मा र प्वाङवासीले छुवाछूत मुक्त गाबिस बनाउन खेलेको भूमिका र व्यबहारिक कार्यले मान्छे मान्छे विचको सम्बन्धमा नयाँ अध्याय थपेको छ ।



No comments:

Post a Comment