नेपाल राष्ट्रिय विश्वकर्मा समाजद्धारा सिन्धुपाल्चोकको करथलीमा राहत वितरण

२०७२ वैशाष २४, विभेद बिरुद अभियान ।
२०७२ साल बैशाख १२ गते शनिवार मानब सभ्यतालाई नै चुनौति दिने गरी गएको महाभुकम्पले देशभरीमा दशौ हजार व्यक्तिहरुको ज्यान गएको छ र अरौब रुपिया बराबरको क्षति भएको छ । यति भयाभव प्रकृति विपतबाट पनि हामी बाच्न सफल भयौ । हाम्रा परिवारका सदस्यहरु, साथीभाई, छरछिमेकीमा पनि खासै ठूलो क्षति भएन । हामी साह्रै भाग्यमानी रहेछौ । तर आज देश शोकमा डुबेको छ । मानबता माथि ठूलो चुनौति थपिएको छ । लाखौ मानिसहरुले बिपत्तिको सामना गरी रहेका छन् । आफन्त गुमाएका छन् । छिमेकीहरु गुमाएका छन् । बस्नेबास छैन्, खाने गास छैन् । यस्तो बिपत्तिको घडीमा हामी बाच्नेहरुले विपत्तिमा परेकाहरुलाई सहयोग गर्नुु भनेको मानवीयता देखाउनु हो र थोरै भए पनि दुःखेको घाउमा मल्हमपट्टी लगाउने काम हो ।
यही यथार्थलाई मनन गरी यही वैशाख १८ गते हामी विपत्तिमा परेका व्यक्तिहरुलाई राहत वितरण गर्न नेपाल राष्ट्रिय विश्वकर्मा समाजको संयोजकत्वमा र अध्यक्ष कमला हेमचुुरीको नेतृत्वमा राहत वितरण गर्न ९ सदस्यीय टोली महाभुकम्पबाट अति प्रभावित क्षेत्र सिन्धुुपाल्चोक जिल्लाको करथली गा.वि.समा गयो । बाह्विसेबाट करिब १० किलोमिटर उच्च पहाडीभेगमा अबस्थित त्यस क्षेत्रमा पुग्दा साच्चैन मिठो अनूभूति भयो । सुगम क्षेत्रमा धेरैले राहत वितरण गरी रहेका छन् । तर दुर्गम क्षेत्रमा भने अझै आबश्यकता अनुसारको राहत पुग्न सकेको छैन् । दलित र जनजातिका बस्तीमा त झनै राहत पुुग्नै सक्दैन । किनभने दलित र जनजातिका बस्तीहरु यति दुर्गम क्षेत्रमा छन् त्यहा राहत वितरकहरु जानै चाहदैन । प्राय जसो धेरैले स्थानीयसंघसंस्थाहरुलाई राहत सामाग्री छोडेर आउदा रहेछन् र ति सामाग्री केही टाठाबाठाले कुम्लाउदा रहेछन् ।
हाम्रो उद्धेश्य भनेको दलितहरुलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गर्ने थियो । तर दलितहरुसंम पुग्न गाडीजाने बाटो भुुकम्पको बेलामा आएको पहिरोले लगेको हुंदा त्यहासंम हामीलाई पुग्न संभव भएन । हामी दलित बस्ती भन्दा वरै बस्न बाध्य भयौ । जहा गैह्र दलितको बाहुल्यता बढी थियो । गा.वि.सका सचिब र स्थानीय व्यक्तिहरुसंग सल्लाह गर्दा सबै पीडित भएकाले दलितहरुलाई मात्र राहत वितरण गर्दा झगडा हुन सक्ने संकेत पाए पछि हामीले सबैलाई राहत समानरुपले वितरण गर्ने निधो गर्यौ ।
राहत वितरण गर्दा सौहार्द पूर्ण तरिकाले वितरण गरीयो । दलित बस्तीमा पनि हामीले राहत पुरायौ । धेरै क्षेत्रबाट समाचार आइ रहेका छन् दुुर्गम र पिछडिएका दलित र जनजाति बस्तीहरुमा अझै राहत पुगेको छैन् । यदि दलितहरु सक्रिय भएर राहत वितरण कार्यमा लाग्ने हो भने थोरै भए पनि राहत उनीहरुको घरदैलोमा पुराउन सक्ने अबस्था छ । राज्यलाई पनि निष्पक्ष र इमान्दार तरिकाले राहत वितरण गर्न दबाब दिन आबश्यक छ । यो बेलामा अन्य समुदाय जस्तै दलित समुदाय पनि राहत वितरण प्रकृयामा जोडिन जरुरी छ । यही सोच राखेर हामीले व्यक्तिगतरुपमा रकम जम्मा गरेर नेपाल राष्ट्रिय विश्वकर्मा समाजको संयोजनमा नागरिकस्तरीय राहत वितरण टोली बनाएर कर्थली गा.वि.समा पुुग्यौ ।
अझै धेरै ठाउमा राहतको आबश्यकता छ । यदि यहाहरुको सहयोग र साथ पायो भने हामीहरु अन्य ठाउहरुमा पनि यसै गरी पुग्न सक्ने संभावना छ । त्यसैले यहाहरुलाई पनि हामीले गरेको काम साच्चैनै सही लागेको छ भने आर्थिक नैतिक र भौतिक सहयोग जुटाइ सहयोग गरी दिनु हुन विशेष अनुरोध गर्दछु । यहाहरुको सानो सहयोगले विपत्तिमा परेर आहत भोगिरहेका व्यक्तिहरुलाई ठूलो राहत हुने थियो ।
संपर्क नं. कमला हेमचुरी–९८०२६५६७८९
मोहन विश्वकर्मा–९८४१८४६२७३

राहतको लागि सहयोग गर्ने व्यक्तिहरुको नामावली
१. नेपाल राष्ट्रिय विश्वकर्मा समाज–रु १००००÷–
२. पुनम सुब्बा–१००००÷–
३. डिगनिटी इनिसियटिभ(जेबी विश्वकर्मा,रुप सुनार, ख्याम विश्वकर्मा)–रु. १००००÷–
४.बसन्त राई–रु. ५२००÷–
५.शंकर प्रसाद, मालती विश्वकर्मा–रु. ५०००÷–
६. कमला दुधराज–रु.५०००÷–
७. तुलसा रसाइली–रु. ५०००÷–
८. कमला हेमचुरी–रु. ५०००÷–
९. मोहन विश्वकर्मा–रु. ५०००÷–
१०. श्याम शर्मा–रु. ५०००÷–
११. रोशन विश्वकर्मा–रु. ५०००÷–
१२. लिला रसाइली–रु. ५०००÷–
१३. दिनेश दुधराज–रु. ३२००÷–
१४.शान्ता सुनार–रु. ३२००÷–
१५. दिपक नारायण विश्वकर्मा–रु. ३०००÷–
१६. राजेश लामगादे–रु. ३०००÷–
१७. विष्णु श्रेष्ठ–रु. २५००÷–
१८. एलिजा जर्ज–रु. २०००÷–
१९. रिता बुढाथोकी–रु. २०००÷–
२०. सुरेश शाक्य–रु. २०००÷–
२१. डा.भरत राज सुब्बा–रु. २०००÷–
२२. खिलानाथ सापकोटा–रु. १०००÷–
२३. उद्योग बाणिज्य माहासंघबाट ढुवानी खर्च बापत रु. १३०००÷–(कुमार बिकको सहयोगमा)
वितरण टोलीका सदस्यहरु
१. कमला हेमचुरी
२. मोहन विश्वकर्मा
३. तुलसा विश्वकर्मा
४.गोपाल बराइली
५. सुरेन्द्र दियाली
६. सुरज दियाली
७. माया दियाली
८. साहिल लामिछाने
९.रिता बुढाथोकी
१०.दिपेश दियाली

साभार :- NepalDalitinfo

No comments:

Post a Comment