मानबहादुर नेपालीको पाल टाँग्ने जमिन समेत छैन

 मानबहादुर नेपाली आफ्नो जमिन नभए पछि अकैंको जमिन मागेर पाल टाँगेर
वस्दै 
प्रेम सुनार गुल्मी, बैशाख २६ ,विभेद बिरुद अभियान। 
स साना पाँच सन्तान् । श्रीमान श्रीमतिले दैनिक मजदुरी गरेर जिविका चलाउँदै आएका उनको भुकम्पले घर भत्काई दिए पछि अहिले विचल्ली छ । उनि अर्थात गुल्मीको खड्गकोट गाविस वडा नम्वर १ का भुकम्प पिडित मानबहादुर नेपाली । जो अहिले आफ्नो जमिन नभए पछि अर्कैको जमिनमा पाल टाँगेर वसेका छन् । आज भन्दा १० वर्ष अघि वावुले बढो मुस्कीलले बनाई दिनु भएको त्यही झुपडी पनि भुकम्पले भत्काई दियो’– नेपालीले भने –‘यो आँगन बाहेक खुर्सानी लगाउने जमिन समेत छैन् । त्यो पनि घर भत्केर ढुङ्गा माटोले पु¥यो । त्यसैले कान्छा वुवा ( रत्नबहादुर नेपाली ) को जमिनमा पाल टाँगेर बसेको छु । करिव दुई हात जति ढुङ्गा माटोले नपुरेको आँगनको छेउँमा चुलो बनाएर अलि पर तिनै कान्छा वुवाको बारीको छेउँमा सरकारी निकायले वितरण गरेको पालमा बसेका उनको परिवारमा खाने कुरा भनेकै उनै सहयोगी संस्थाले दिएको चाउचाउ , विस्कुट र चिउरा बाहेक अरु केहि थिएन ।‘हामीले भुकम्प गएको यतिका दिन मध्ये त्यस्तै सात दिन जति आटो ढिडो र भात पकाएनौ तिनै चाउचाउ , विस्कुट र चिउराले निर्वाह ग¥यौं ’–उनकी श्रीमति दिलमायाँले भनिन्–‘ अहिले त दुवैले ढुङ्गा बोकेर चुलो चलाउन थालेका छौं तर घर बनाउने हाम्रो उपाय छैन् । ’ जेठी सन्तान १२ वर्षिकी छोरी र कान्छो सन्तान ३ वर्षका छोरा सहित तिन छोरी दुई छोरा रहेको नेपाली भन्छन् –‘कसैको सहयोग पाए घर ठडाउने थिएँ नत्र यहि पालमा गुजरा चलाउने हो ।’ उनको जस्तै अवस्था छ सोही वडाका टिकाराम नेपालीको पनि । उहि जहाँ होचो उहि घोचो भने झैं कमाई गरेर पाल्नु पर्ने जेठो छोरा सुरेश नेपाली वोन मारो भन्ने रोगले खाडिएर उपचार खर्च जुटाउन नसकेर छपटाएका उनलाई भुकम्पले घर भत्काई दिएर थप विपत्ती निम्ताई दियो ।श्रीमान टिकाराम उनै छोराको उपचारका लागि भरतपुर अस्पतालमा पुगेका छन । यता घरमा रहेकी उनकी श्रीमति धनमायाले भनिन् –‘भुकम्पले हाम्रो घर भत्काई दिनु भन्दा हामी सवैलाई मारी दिएको भए बरु जाति हुन्थ्यो । ’ १३ जनाको परिवार रहेका उनको छोरालाई मात्र होईन उनकी वुहारी सितालाई समेत क्यान्सर रोग लागेको छ ।
सम्पत्तीका नाममा एउटा वास मात्रै भएका गुल्मीको खड्गकोट–का मानबहादुर नेपाली आफ्नो जमिन नभए पछि अकैंको जमिन मागेर पाल टाँगेर वस्दै र आँगनको छेउँमा चुलो बनाउँदै
‘७० वर्षको उमेर भयो , अहिले सम्म त हलो कोदालो गरेर यति ठुलो परिवारको पालन पोषण गर्दै आएको थिएँ ’–टिकारामले टेलिफोन सम्पर्कमा भने–‘ अहिले छोराको उपचार खर्च जुटाउन नसकेर हात खुट्टै सेलाए । ’ उनले पनि कसैबाट सहयोग नभए विस पच्चीस वर्ष सम्म पनि घर ठडाउन नसक्ने बताए । तिन महिना खान नपुग्ने जमिन भएका नेपलीका परिवारको विचल्ली देखेर आफुहरुले आँशु थाम्न नसकेको स्थानिय समाज सेवी अर्जुन ढकाल बताउ छन् । ‘भएको सवै श्रीसम्पत्ती उठी वास हुने गरी ऋण काढेर छोराको उपचार गर्दै थिए’– ढकालले भन–‘ विचरालाई त्यस माथी भुकम्पले घरै ध्वस्त पारेर वेहाल पारी दियो । खड्गकोट २ का दुवै हातका अपाङ्ग यमबहादुर बिकका परिवार भुकम्पले घर पुर्णरुपमा ध्वस्त पारी दिए पछि अहिले वारीको खुल्ला आकाश मुनी चुलो बनाएर बसी रहेका छन् । एउटा पाल मुनी भत्केको घरमा पुरिएका सामानहरु निकालेर थन्काएका छन् र गाउँवासीले बनाई दिएको एउटा सानो छाप्रोमा बस्ने गरेका छन् । उनका पनि स साना एक छोरा र एक छोरी छन् । त्यस वडा नागरिक मञ्चकी संयोजक अप्सरा थापाले भनिन् यो परिवारले कतैबाट सहयोग नपाए घर बनाउन वषौं सम्म पनि सक्दैनन् । उनले त्यो परिवारको घर बनाई दिन गाउँवासीले जन श्रमदान गर्ने बताउँदै अन्य निर्माण सामग्री खरिदका लागि सवै संग आर्थिक सहयोगको अपिल गरिन् । त्यहाँका ति दलितहरुको मात्र होइन् अर्का एक भुकम्प पिडित व्राम्हण परिवार पनि अति विपन्न रहे छन् । उनि खड्गकोट ३ निवासी चिन्तामणी ढकाल हुन् । जसको घर पनि भुकम्पले क्षतिग्रस्त पारेको छ । उनिहरु दुई छोराहरु सहित पाल टाँगेर बसेका छन् । मजदुरी गरेर जिविका चलाउँदै आएको थिए’ँ–उनले भने– ‘तिन महिना खान नपुग्ने वारी छ मजदुरीले घर खर्च चलाउनै मुस्कील हुन्छ घर बनाउन सक्ने त उपाय नै छैन् । ’
माथी उल्लेखित भुकम्प पिडितहरुलाई त्यहाँको राजनैतिक संयन्त्रले अति विपन्नको सुचिमा राखेको स्थानिय राजनैतिक दलका नेताहरुले बताए । उनिहरुको घर ठडाउनका लागि कतैबाट सहयोग पाए स्थानियवासीले उद्धार समिति गठन गरेर जन श्रमदान गर्ने वातवरण मिलाउने त्यहाँका सवै राजनैतिक दलका नेताहरुले प्रतिवद्धता जनाए । उता भुर्तङ्ग गाविसमा पनि भुकम्प पिडित दुई परिवार अति विपन्न रहेको र उनिहरुको पुनस्थापनाका लागि सहयोग गरी दिन त्यस गाविसका पुर्व गाविस अध्यक्ष गोपालप्रसाद श्रेष्ठले अपिल गरे । भुर्तुङ्ग प्रहरी चौकी प्रमुख प्रहरी हवल्दार पशुपति वोहराले पनि आफुहरुले मुचुल्का उठाउने क्रममा भुर्तुङ्ग–५ छापचौरका रुद्रबहादुर थापा र वडा नम्वर ७ नेटाका रामबहादुर परियारको घर बस्नै नहुने गरी भत्कीएको र उनिहरुको घर बनाउन सक्ने आर्थिक अवस्था नभएको बताए । पुर्व गाविस अध्यक्ष श्रेष्ठले ति दुई परिवारको घर बनाई दिन कुनै ब्यक्ति वा संस्थाले केहि रकम सहयोग गरे गाउँवासीले जन श्रमदान गर्ने र काठ समेत उपलव्ध गराई दिने बताए । नेटा गाउँका ति परियारलाई गत वर्ष बाढि पहिरोले घरबाट विस्थापित गराएको र अर्कैको घरमा आश्रय लिएको उनको त्यही घर पनि भुकम्पले भत्काए दिए पछि थप विचल्ली भएको स्थानिय राजनैतिक संयन्त्रले बताए । उत भुकम्पबाट खड्गकोट र भुर्तुङ्ग कै हाराहारीमा क्षतिग्रस्त गाविस फोक्सीङ्गमा पनि भुकम्प पिडितहरु मध्य तिन घर परिवार अति विपन्न रहेका छन् । फोक्सीङ्ग २, लुङदी दोवाटाका खड्गबहादुर बिश्वकर्माको भर्खर बनाएर घर पैसो गर्न आँटेको घर भत्कीएर उनि रनाहमा पर्ने भएका छन् । त्यो घर बनाउने कर्मी उम्काउनै मुस्कील परेको बेला भुकम्पले भत्काई दियो बिश्वकर्माले भने वान लागेर मर्ने भएको छु, घर बनाएको ऋण कसरी तिर्ने भन्ने चिन्तामा रहेको बेला भुँईचालो मै माथी दैव लागे झै लाग्यो ।
फोक्सीङ्ग २ कै पदमबहादर वलाल र वडा नम्वर ८ का खड्गबहादुर बिश्वकर्माको घर पनि बस्नै नहुने गरी भत्कीएको र उनिहरु अर्को घर वनाउन नसक्ने विपन्न भएको फोक्सीङ्ग दलित जनजागरण मञ्चका संस्थापक सचिव चक्रबहादुर बिश्वकर्माले बताए । मञ्चको हाम्रो बैठकले यहाँका एक जनजाती सहित दुई जना अति विपन्न दलित छनौट गरी उनिहरुको उद्धारका लागि सवै संग सहयोगको अपिल गर्दर्छौ सचिव बिश्वकर्माले भने कसैले सहयोग गरे ति पिडितहरुको आत्माले आशिष दिने थियो । यता क्षेत्र नम्वर २ को रेसुङ्गा नगरपालिका १५, साविकको दुविचौर–३, भँगेरीका कमानसिंह श्रीसको घर पनि पुर्णरुपमा क्षति भएको छ । यसै समाचारदा, त्यहाँ पुर्खेयौली घर भएको तम्घास भगवती मन्दिरका गोपाल खत्री र नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटा उनको घर र आर्थिक अवस्थावारे स्थलगत अध्यानमा पुग्दा त्यो परिवारको पनि घर बनाउन सक्ने अवस्था पाईएन् ।गत १५ वर्ष देखि भारतमा चौकीदारी गरेर तिन वर्ष अघि बनाएको घर भुकम्पले भत्काई दिए पछि श्रीस्को परिवार अहिले वारीमा छाप्रो हालेर बसेका छन् । उनले कसैबाट सहयोग नपाए घर बनाउन नसक्ने बताए । क्षेत्र नम्वर २ कै बडागाउँ ७ चुँदरी गाउँका तारचन सुनार र लालबहादुर सुनारको घर गोठ पनि भुकम्पले भत्काई दिएपछि उनिहरु पनि अहिले पाल टाँगेर बसेका छन् । उनिहरुको पनि घर बनाउन सक्ने अवस्था नभएको बताए ।
क्षेत्र नम्वर ३ को पिपलधार, नयाँगाउँ हस्तीचौर लगायतमा पनि कैयौ विपन्नहरुको घर भुकम्पले भत्काई दिए पछि उनिहरुलाई पनि पुनस्थापनाका लागि सहयोगको आवस्यकता भएको स्थानिय राजनैतिक संयन्त्रले बताएका छन् । हस्तीचौर ८ पालुखाका वसन्त कुमालको घर भत्कीए पछि उनिहरु अहिले छिमेकीको घरमा शरण लिन पुगेका छन् । ‘श्रीमान भारतमा हुनुहुन्छ । एक पैसा पठाउनु हुन्न ’ श्रीमति सरस्वतीले भनिन् घर भत्के पछि म र छोरी जेठा ससुराको घरको पालीमा शरण लिएका छौं । स्थानिय राजनैतिक संयन्त्रले भुकम्प पिडितहरुको छानविन गर्दा यस्ता विपन्न परिवारको छनौट गरी सार्वजानिक गर्न सके विभिन्न संघ संस्था र व्यक्तिहरुले उनिहरुको घर बनाई दिन सक्ने देखिएको छ ।
स्रोत: गुल्मी टाइम्स 

No comments:

Post a Comment