माओवादी नेता कृष्ण विकको असामयिक निधन

विभेद बिरुद्ध अभियान । पर्वत, ३० वैशाख–एकीकृत माओवादी नेता कृष्ण विकको मंगलबार राति असामयिक निधन भएको छ ।
विगत तीन वर्षदेखि जन्डिस रोगबाट पीडित विकको मंगलबार राति निधन भएको हो ।
दलित आन्दोलनबाट राजनीति यात्रा सुरु गरेका विक जनमोर्चा एकताकेन्द्र पर्वतको सचिव हुँदै एमाओवादी पर्वतको सचिव समेत बनिसकेका नेता हुन् ।
संविधानसभाको पहिलो निर्वाचनमा उनी जनमोर्चा नेपालका तर्फबाट उम्मेदवार समेत बनेका थिए । हाल उनी एमाओवादीको तमुवान राज्य समिति सदस्य थिए ।
पर्वत जिल्लाको कम्युनिस्ट आन्दोलन र दलित आन्दोलनका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका विकको निधनले आफूलाई स्तब्ध बनाएको र पर्वतको कम्युनिस्ट आन्दोलन र दलित आन्दोलनमा अपुरणीय क्षति पुगेको एमाओवादी पर्वतले जनाएको छ ।
विकको बुधबार मोदीवेनी धाटमा अन्तिम संस्कार गरिएको एमाओवादीका जिल्ला सदस्य शंकर गिरीले काठमाण्डु टुडेलाई बताए ।
-स्रोत -काठमाडौ टुडे

No comments:

Post a Comment