भूकम्पले दिपक विकको पत्नी र छोरा दुवै लग्यो

०७२ जेठ ८ , मकवानपुर - विभेद बिरुद्ध अभियान  ।  छोरा र पत्नी सम्झदैँ उनी बेला बेलामा मुर्च्छा पर्ने गरेका छन् । साथीभाई र आफन्तसँग बेसुरका कुरा पनि गर्छन् । विदेशबाट उनी फर्केको १२ दिन बितिसक्यो तर पनि उनको आँखाबाट आशु थामिएको छैन ।

भूकम्पबाट छोरा र पत्नी गुमाएका मकवानपुरका इपापन्चकन्या गाविस-८ का २७ वर्षीय दिपक विक हुन् । उनको रातमा निद्रा र दिनमा भोक छैन । उनको मन भित्र अथाह पीडा भएको अनुहारबाट पढ्न सकिन्छ । विकका २६ वर्षीया पत्नी रस्मिता विक र ६ वर्षीय दीपराज विकको गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट काठमाडौँमा मृत्यु भएको हो । काठमाडौँ स्वयम्भूस्थित डेरामा बस्दै आएका विकका पत्नी र छोराको मृत्यु भएको थियो । डेरामा बसेको घर नै भूकम्पबाट भत्केर रस्मिता र दीपराजलाई पुरिएको थियो ।

पत्नी र छोरालाई पालनपोषण गर्न दिपक २२ महिनाअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । घर मकवानपुर जिल्ला इपापन्चकन्या गाविसमा भएपनि छोरालाई पढाउनका लागि दीपकले परिवारलाई तीन महिनाअघि काठमाडौँ ल्याएर राखेका थिए । दुईतीन दिनको फरकमा दिपकले परिवारसँग विहान/विहान फोन गरेर कुराकानी गर्ने गरेका थिए । गत वैशाख १२ गते विहान पनि उनले १५ मिनेट कुराकानी गरेका थिए । त्यतिबेला छोराले बाबा कहिले आउने भनेर प्रश्न गरेको थियो ।'नेपाल फर्के छोरा र आमा दुबैसँग भेट भएनभन्दै गला अबरुद्ध हुँदै भने,-'जस्को निम्ति काम गर्न विदेश गएत्यही नभएपछि अव विदेश जान्न ।

भूकम्प आएको भोलिपल्ट वैशाख १३ गते बेलुकामात्र उनले पत्नी र छोरा भूकम्पबाट मृत्यु भएको खबर पाएका थिए । परिवारको मृत्यु भएको खवर कानमा ठोकिने बितिक्कै उनी बेहोस भएर कोठामा नै लडेका थिए । साथीभाइको सहयोगमा उनी सम्हालिदै गत वैशाख २५ गते नेपाल आएका थिए । एयरपोर्टबाट ओर्लने बितिक्कै उनी हानिएर परिवार भाडामा बसेको ठाउँमा पुगेका थिए । विक परिवार जुन घरको कोठा भाडामा लिएर बसेका थिए । त्यही घर गर्ल्याम्मगुर्लुम भत्केको थियो । घरले थिचेर छोरा र पत्नी दुबैको मृत्यु भएको थियो ।

काठमाडौँमा मृत्यु भएको कागजसहितको प्रमाण बोकेर उनी जेठ ४ गते जिल्ला प्रशासन कार्यालय हेटौँडामा आएका थिए । उनी साथीको साथमा आएका थिए । उनले प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियालाई संक्षिप्त रुपमा दुःखान्त घटना सुनाउन खोज्दा गला अवरुद्ध भएको थियो ।

भूकम्पबाट मकवानपुरमा ३४ जनाको मृत्यु भएको छ भने मकवानपुरका बासिन्दा तर काठमाडौँमा विभिन्न कामका कारणले बस्दै आएका २७ जना भन्दाबढीको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिकाका बासिन्दा तर भुकम्पमा परि काठमाडौँमा १५ जनाको मृत्यु भएको छ ।

No comments:

Post a Comment