साखु स्थित पालवारी डाडाको दलित बस्तीमा राहत वितरण

DSC00026
२०७२ जेठ ३, विभेद बिरुद्ध अभियान ।काठमाण्डौं बैशाख १२ र १३ गते गएको विनाशकारी महाभुक्म्पले हजारौं भवन तथा घरहरु क्षतिग्रस्त भई नागरिकहरु पाल टागेंर बसेको अवस्थाममा राहत अभाव भएको महशुस गरी भुकम्पले क्षति गरेको स्थान मध्ये साखु स्थित पालवारी डाडाको दलित बस्तीमा बैशाख २७ गते सोमबारका दिन पूर्व सभासद तथा वरिष्ठ पत्रकार विनोद पहाडीका्े संयोजनमा अमेरिका स्थित भएको सामाजिक संस्था Sam’s Ministries International को सहयोगमा संस्थाका प्रतिनिधी विक्रम चौधरी र निरज गौतमको सहकार्यमा समता फाउण्डेशन , जागरण मिडिया सेन्टर को विशेष सहयोगका साथ दलित समुदाय संग सरोकार राख्ने व्यक्ति तृथा संस्था नया कोपिला वालगृृहका संस्थापक अधयक्ष धिरज गौतम, मरिक सेवा समाज सुनसरी का संस्थापक सुनिता मरिक , दिनेश परियार, को विशेष पहलमा अवलोकन गर्ने कार्य गरियो । अवलोकन को क्रममा अघिल्लो दिन विभिन्न संघ संस्था गई राहत वितरण गरेको रहेछ तर त्यस स्थान का दलित वस्ती लाई कुनै राहत उपलब्ध नगराएको र पुरै दलित वस्ती नै ध्व्स्त भइ अर्काको वारीको पाटामा त्यही टिन को छाप्रो बनाइ वसेको जानकारी पाइयो । 
DSC00028DSC00019
स्थानिय पिडित दलित वस्तीका विकाश परियार ले हामीलाई कसैले राहत उपलब्ध नगराएको र खान नपाएको , हाम्रो सबै सामान घर मा पुरिएको बताए । हिजो राहत बाडे तर हामीलाई तिमिहरुको नाम हामीलाई नटिपाएको भनि हामीलाई राहत दिएनन् भनि स्थानिय दलितहरुले भावुक हुदै दुखेसो पोखे । हामी राहत मा जुटेका साथीहरुले सबैको वस्तु स्थिती बुझी राहत ल्याउने आश्वासन दिइ फर्कियौ । भोली पल्ट २९ गते मंगलबार सोही टिम राहत संकलन गरी वितरण गर्न जादा बिच बाटोमा ७.३ हेक्टरको भुकम्प आई त्यसदिन राहत वितरण कार्यक्रम स्थिगित गरिया । जेठ १ गते पुन सोहि टिम Sam’s Ministries International जागरण मिडिया सेन्टर का अध्यक्ष रेम विश्वकर्मा, पूर्व सभासद विनोद पहाडी लगातयत गणेश परियार , दिनेश परियार, सुनिता मरिक , धिरज गौतम,तथा सुमन राईको सामुहिक पहल मा राहत –खाद्यान्न) वितरण गरियो ।
 वितरण कै क्रम मा स्थानिय दलित वासी ले पल्लो डाडामा दलित वस्ती छ उनीहरु ले झन खान पनि पाएका छैनन् पाल पनि छैन वालबच्चा को विजोग छ भनि जानकारी गराए। हामी फेरी राहत संकलन गरेर आउछौ भनि आश्वासान दिई फर्कयौ ।टिमका साथीहरु संग छलफल गरी फेरी राहत जुटाई वितरण मा जाने कुरा तय भयो ।
साभार :- जागरण मिडिया सेन्टर ।

No comments:

Post a Comment