टाउको ठूलो भएका तीन महिने शिशु सन्दिप कामीले उपचार पाएनन् (भिडियो)

विभेद बिरुद्ध अभियान । पाल्पा- तीन महिने शिशु सन्दिप कामी यतिबेला मृत्युसँग जुधिरहेका छन्। उनको जिउ भन्दा टाउककोको भार बढी छ। ओँठ र नाक काटिएको छ। एउटा आँखा सानो छ। शरीरका अरु अङ्ग पनि प्रयाप्त विकसित छैनन्। जन्मदै उनको अनौठो शारिरिक बनोट थियो।पाल्पा कोलडाँडा–७ बिस्कुन डाँडाकी मिना कामीको पहिलो सन्तान हुन्– सन्दिप। तानसेन प्रभासस्थिति लुम्बिनी मेडिकल कलेजमा उनको तीन महिना पहिले जन्म भएको थियो। 'अप्रेशन गरेर जन्मेको हो,' मिनाले नागरिकसँग भनिन् 'जन्मदै टाउको ठूलो थियो, मुख काटिएको थियो।' उनले एकपटक टाउकोको पानी निकालिएको बताइन्। 'पानी निकालेपछि टाउको सानो भएको थियो फेरी बढेर उस्तै भयो,' उनले भनिन् 'डाक्टरहरुले यहाँ उपचार हुँदैन भनेका छन्।'

विपन्न दलित परिवारलाई यतिबेला महँगो उपचार खर्च जुटाउन हम्मे परेको छ। 'उपचार महँगो लाग्छ भन्छन्, हामीसँग पैशा छैन,' मिनाले भनिन् 'बेलैमा उपचार नपाए तपाँइको छोरा बाँच्दैन भनेका छन् ।' उनका पति भारतमा नोकरी गर्छन्।

बैशाख १२ गतेको महाभूकम्पले मिनाको परिवारमा पीडा थपेको छ। बस्ने घर भत्केर तनिमहिने शिशुसहित मिना अहिले करेसा बारीमा छाप्रोमा बस्दै आएकी छिन् । 'घर भत्केर बारीमा बसेका छौं,' उनले भनिन् 'प्लाष्टिकले ढाकेको छाप्रोले घाम त छेक्छ तर पानी छेक्दैन।'

टाउकोको भारले गर्दा सन्दिप चल्बलाउन सक्दैनन् । उनका हात खुट्टा त चल्छन् तर राम्ररी सप्रेका छैनन् । 'टाउको चर्केर होला रातभरी रुन्छ,' मिनाले भनिन् 'सुत्दा कोल्टे फेर्न खोज्छ दुखेर रुन्छ।' 

No comments:

Post a Comment